सुरक्षित गर्भपतन बढ्दो I

रौतहट, २४ कात्तिक ,

जिल्लाको ग्रामीण भेगका महिलामा स्वास्थ्य चेतनाबारे क्रमिकरुपमा चेतना बढ्दै गएको पाइएको छ । महिला प्रजनन स्वास्थ्यका बारेमा दिनप्रतिदिन जागरुक समेत हुँदै गएका छन् । गत आवमा रौतहटको चन्द्रनिगाहपुर अस्पताललगायत सातवटा गाविसका स्वास्थ्य चौकी तथा हेल्थपोस्टमा गरी दुई हजार महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । 

विगत दुई वर्षदेखि आइपास नामक संस्थाले जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्दै आएको सो संस्थाका कार्यक्रम अधिकृत ओमनारायण झाले बताए । उनका अनुसार चन्द्रनिगाहपुर अस्पताल, डुमरिया मटिऔन, राजपुरफरहद्वा, कनकपुर, पिप्रापरोहा, सिपीपिपरिया, वसतपुर, सिर्सिया हेल्थपोस्टमा सुरक्षित गर्भपतन सेवा सञ्चालन हुँदै आएको छ । त्यहाँ रहेका स्वास्थ्यकर्मीसँग ग्रामीण भेगका महिला सुरक्षित गर्भपतन सेवा तथा परामर्श लिन जाने गरेका छन् । 

असुरक्षित गर्भपतनका कारण गर्भवती महिलाको अकालमा ज्यान जाने गरेकोमा सुरक्षित गर्भपतनको सेवाको पहुँचमा वृद्धि गर्न स्वास्थ्य मन्त्रालयअन्तर्गत परिवार स्वास्थ्य महाशाखालाई आइपास नामक संस्थाले प्राविधिक सहयोग पु¥याउँदै आएको डा. इन्दिरा बस्नेतले जानकारी दिइन् । सुरक्षित गर्भपतनले कानुनी मान्यता पाए तापनि रौतहटको ग्रामीण भेगमा अझै जनचेतना फैलन नसक्दा कयाँै महिलाको अकालमा ज्यान जाने गरेको पाइएको डा. बस्नेतको भनाई छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com