आबस्यक सामग्री अभावका कारण सरकारी अस्पतालमा सेवाग्राही घट्दो I

पथरी, २४ कात्तिक ,

मोरङको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा प्रसूति गराउनेको सङ्ख्या घटेको छ । कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक रोशन पोखरेलका अनुसार आव २०६८÷२०६९ मा कोसी अञ्चल अस्पतालमा नौ हजार ३६५ जनाले प्रसूति सेवा लिएका थिए ।

त्यस्तै आव २०६९÷२०७० मा घटेर आठ हजार ५८९ जनाले सेवा लिनेमा सीमित भयो । यता आव २०७०÷२०७१ मा झन घटेर सात हजार ५०० जनाले प्रसूति सेवा लिएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पोखरेलले दक्ष स्वास्थ्यकर्मीको कमी, शय्याको अभावले प्रसूति सेवा लिनेको सङ्ख्या घटेको हुनेसक्ने शङ्का व्यक्त गरे । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com