म्याग्दी, १६ कात्तिक ,
म्याग्दीको राम्चे गाविसको नागीमा उत्पादन गरिएको नेपाली हाते कागजबाट निर्मित सामग्रीहरू विदेशमा निर्यात हुन थालेको छ । स्थानीय वनमा प्रशस्त मात्रामा पाइने लोक्ताबाट निर्माण गरिने नेपाली हाते कागजबाट निर्मित सपिङ ब्याग, नोटबुक -डायरी), फोटो प|mेम, एल्बमलगायतका सामग्री अष्ट्रेलिया, जापान, कोरियालगायतका मुलुकमा निर्यात भएको हो ।
हिमाञ्चल उच्च मावि सञ्चालनार्थ नागीमा स्थापना गरिएको हिमाञ्चल हाते कागज तथा हस्तकला उद्योगमा लोक्ताबाट हाते कागज र हातेकागजबाट नोटबुकलगायतका आकर्ष सामग्री तयार गरिन्छ । अहिले सो उद्योगमा निर्माण गरिएका १० हजार मूल्यबराबरका ३० थान नोटबुक जापान निर्यात गरिएको उद्योगका व्यवस्थापक चित्र तिलिजा पुनले बताउनुभयो ।
अन्नपर्ूण्ा-धौलागिरि सामुदायिक पदमार्ग हुँदै भ्रमणमा आउने पर्यटकले समेत उद्योगबाट सामग्री खरिद गरी लैजाने गरेको र अष्टे्रलिया, कोरियाको लागिसमेत निर्यात गरिने सामग्री तयारी अवस्थामा रहेको व्यवस्थापक पुनले बताउनुभयो । पर्यटकीय क्षेत्र भएकाले भम्रणमा आउने आन्तरिक तथा बाहृय पर्यटकले चिनोका रूपमा समेत कागजबाट निर्माण गरिएका सामग्री लैजाने गरेका छन् ।
उत्पादित सामग्री गुणस्तरीय र बढी टिकाउ भएपछि माग आउने क्रम बढेको उद्योगकी कर्मचारी संयोजक कुलमायाँ चोचाङ्गीले बताउनुभयो । उहाँका अनुसार सो हातेकागज उद्योगमा मात्रै स्थानीय १२ जना महिलाले रोजगारी पाएका छन् । यसैबीच यस हातेकागज तथा हस्तकला उद्योगमा नयाँ प्रविधिको प्रयोग गरी कागज उत्पादन गर्न थालिएको छ । बन्द कोठामा तातो बनाएर कागज सुकाउने प्रविधिको प्रयोग गरिएको हो । रासस