कार्तिक १६ ,भर्जिनिया
विजय थापा : नेपा पास पुचः अमेरिकायेको आयोजनामा डिसी महानगर क्षेत्रको म्यारिल्याण्डमा नेपाल सम्बत् ११३५ भव्यताको साथ सम्पन्न भएको छ ।
उक्त नेपाल सम्बत् ११३५ तथा एन पी पी ए को २३ औ बार्षिकोत्सवमा नेवारी प्रसिद्ध खाजा समय बजी तथा परम्परागत एकै लहरमा बसी खाइने नेवारी खानाको व्यवस्था गरिएको थियो ।
यस बर्ष " युवा सशक्तिकरण नेवाह संस्कृतिको रक्षाको लागि ''भन्ने राखिएको थियो । संस्थाको तर्फबाट नेवारी समुदायका संस्थापक हस्तीहरु निष्ठा नन्द बज्रचार्य ,सिद्धिदास महाजु ,जगत सुन्दर मल्ल ,योगबिर सिंह कासा तथा हरेक बर्ष निस्कने स्मारिका दबु पत्रिका अन्य दुई साहित्यका हस्तीहरु क्रमस धर्म दित्य धर्माचार्य तथा शुक्रराज जोशी शास्त्री प्रति समर्पित गरिएको थियो । उक्त स्मारिकाको बिमोचन अमेरिकाका लागि कार्यबाहक राजदुत ऋषि राम घिमिरेले गर्नु भएको थियो ।
वहाले मन्तब्य राख्दै एनपीपीएले राम्रो काम गरेकोमा प्रसंसा गर्नु भएको थियो भने महाबाणिज्य दुत प्रेम राजा महतले आफु हरेक बर्ष उपस्थिति हुने गरेको चर्चा गर्दै एनपीपीएले संस्कृति बचाउन ठुलो भुमिका खेली रहेको बताउनु भयो ।
नेपालबाट आउनु भएकी मुख्य वक्ता डा अनुजा गुरुमाले हामी मिल्न धर्म ज्यादै आवश्यक हुने कुराको जोड दिदै जसले धर्मको रक्षा गर्छ उसलाई धर्मले पनि रक्षा गर्छ गर्ने बताउनु भयो ।
म्यारिल्याण्ड पशुपति बुद्ध मन्दिरको निर्माणमा सहभागिता जुटाउने उदेश्यले गरिएको नारा पण्डित श्रीधर ज्ञवालीले '' एक दिन, एक घर ,एकै डलर ,मन्दिर बनाउन चल्यो है रहर '' सुनाउनु भएको थियो ।
नेपाल संवत शुरु गर्ने शंखधर साख्वाका बारेमा चर्चा परिचर्चा भएको थियो भने कार्यक्रममा परम्परागत नेवारी नृत्य, अन्य स्थानीय कलाकार तथा बालबालिकाहरुले बिभिन्न प्रतिभा देखाएका थिए ।
कार्यक्रममा राजु जोशीले सबैलाई धन्यबाद दिएका थिए भने कार्यक्रमको सभापतित्व अधक्ष्य सरोज प्रजापतिले गरेकी थिइन् भने उनले नेपाली ,अंग्रेजी तथा नेवारी भाषामा मन्तब्य राखेकी थिइन्।