सरस्वती पूजामा उत्ताउलो गीत ​I

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी
द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती !!!
श्रीपञ्चमी अथवा बसन्त पञ्चमी सनातन हिन्दूहरुको एक विशेष पर्व हो । प्रत्येक बर्ष माघ शुक्ल पञ्चमीको दिन पर्दछ । विद्याकी देवी सरस्वतीलाई विभिन्न व्यक्तिहरुले विभिन्न तवरले पूजा अर्चना गर्ने प्रचलन छ । आधुनिकताको प्रभावले सरस्वती पूजालाई पनि छोएको अनुभूति हुन् थालेको छ ।

प्रतिमा या धातु या मूर्तिमा या उनका चित्र अङ्कति तस्बिरहरु सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, बेल, दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन् ।
       
अब सरस्वती पूजालाई आधुनिकतामा लगिदै छ जस्तो लाग्न महसुस गरिएको छ । धार्मिक गीत घन्काउनुको सट्टा अंग्रेजी ,हिन्दि ,नेपाली गीतहरु ठुलो स्वरमा बजाउन प्रतिस्प्रधा हुन् थालेको छ ।

अब किसोर किसोर र बाल बालिकाहरु पूजामा मिठाई र अन्य कुराहरु खान मात्र सिमित न भै सरस्वती पुजामा मांसहारी खानाको माग गर्ने दिन त आउदैन कि भन्ने लाग्न थालेको छ ।

अब पाठशालामा मात्र सरस्वती पूजा नगरि टोल टोलमा गरिने चलन बढ्दै छ । सरस्वती पूजामा आस्लिल र उत्ताउलो गीत कानको जाली फुटाउने गरि बजाउने परिपाटीले समाजमा कस्तो प्रभाव पर्छ भन्ने तिर सोच जान थालेको छ ।

मानौ कि श्रीपञ्चमी भनेको मोज मस्ती र नाच गान गर्ने उत्सव हो l भजन किर्तन बालबालिकाले मन पराउदैनन यसो भन्दैमा जे गर्न दिए भबिश्यमा सरस्वति पूजाको अवस्थाले कस्तो रुप लिन सक्छ भन्ने कौतुलता जागेको छ  ।

सरस्वती पूजामा उत्ताउलो गीत बजाउनुमा को जिम्मेबार ? अभिभावक या बिद्यार्थी या अरु कोहि ? पाठकहरु अचम्बित हुन् सक्नु हुनेछ । आफैले अनुभूति र प्रतक्ष्य दर्शी भै बसन्त पंचमीमा भारतीय चलचित्रका नायक गोविन्दा र नायिका करिश्मा कपुरको १९९४ मा चर्चित हिन्दि चलचित्र खुद्दारको गीत सेक्सी ,सेक्सी ,सेक्सी लोग बोले ,हाये सेक्सी हेल्लो सेक्सी क्यु बोले .......गीत सुन्दा लज्जित हुन् पर्यो । अत्यन्तै विवाद परे पछि उक्त गीतको बोल सेक्सीको सट्टा बेबी ..बेबी बनाईएको थियो । उक्त गीत अलिशा चिनाई र अनु मालिकले गाएका थिए ।

यो गीत एउटा सरस्वती पूजामा सुनेको भने अर्को स्थानमा जादा दोनो आँख मारु तो छोरि पट जाए भन्ने जितेन्द्र र श्रीदेवीको १९८४ मा हिन्दि चलचित्र तोहाफाको सुने । त्यस्तै गरि त्यो बेलामा अत्यन्तै चर्चित गीतहरु जिन्दगि को के भरोसा ,बस सुन्दरी ठण्डी महिना जाडो छ, अच्छा लेकिन ,नेपाली माया चाहिन्छ आदि सुन्दा गलत ठाउँमा त झुक्किएर गएको हैन भनि सुनिस्चित गर्नु पर्यो ।

अन्य सरस्वती पूजा मनाईने ठाउँमा पुग्दा सबै किसिमका गीत सुन्न पाईयो ।  सरस्वती पुजामा गएको हो कि चलचित्र हेर्न गएको छुट्याउन गार्हो भो l सरस्वती पुजामा गएको हो कि प्रतक्ष्य प्रसारण हेर्न गएको हो ,अलमल परिने भो ।

अब त सरस्वती पूजामा अब त मुन्नी भई बद्नाम हुई डारलिंग तेरे लिए भन्ने गीत घन्किनु कुनै त सामान्य हुने भो जस्तो लागेको छ ।
बिस बर्ष अगाडी बसन्त पञ्चमीको दिन बिराटनगरको सरस्वती थानमा सेक्सी ,सेक्सी ,सेक्सी लोग बोले गीत सुन्नु परेको घटनाले निक्कै काल सम्म निक्कै असहज महसुस गराईदियो ।

आखिरमा कल्पना गरेर सरस्वतीको मुर्ति ,चित्र बनाइएको हुनाले आधुनिकता सरस्वतीलाई पनि लाग्ने हुनाले वस्त्र नै परिवर्तन गर्ने हो कि त ? पूजा भने सरस्वतीको छ ,तर गीत चाही किन त्यस्तो घन्काई को होला ? यदि उत्ताउलो गीत लगाएर सरस्वतीलाई मनोरंजन दिलाउने हो भने सरस्वतीलाई संसारको भेष भूषा को खानी भएको देश फ्रान्सबाट मगाउने पो होकी ?

हैन भने अभिभावक ,गुरु ,वरिस्ठहरुले यस कुरामा बिचार पुर्याउन सके मात्र पनि सरस्वतीको मर्यादा यथावत हुने छ l यदि सरस्वति भगवान प्रकट हुनु भो भने अस्लिल गीत बजाउने भाडो नै जुठेल्नामा फ्याकी दिनु हुनेछ भन्ने ठानेको छु ।

बसन्त पञ्चमीको आगमन संगै बिद्यार्थीहरुमा एक प्रकारको रक्त संचार हुन्छ l कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन वसन्त पञ्चमी नै हो l र ,संस्कार, सभ्यता र संस्कृतिकी श्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्नेदेखि अन्य शुभकार्यहरू आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन।

तर यस्तो पवित्र दिनमा छाडा गीत बजाउदाको असर कसलाई पर्दछ ? के यसमा को रमाउछ ? के सरस्वती रमाउछिन होला त ? सरस्वतीलाई हामीले यसरि हेर्ने बानि गर्नु पर्छ । आफ्ना सन्तानलाई यिनको महिमा बारेमा बताउन सक्नु पर्दछ । सरस्वतीको रूपमा यिनी हाम्रो बुद्धि, प्रज्ञा तथा मनोवृत्तिहरूकी संरक्षिका हुन् । सबैभन्दा उत्तम धन भनेको विद्या नै हो । विद्याहीन व्यक्ति भाग्यबाट पनि टाढा रहन्छ। नैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहनाहरू हुन् ।
           
हामीमा जो आचार र मेधा छ त्यसको आधार भगवती सरस्वती नैं भएको हुनाले यिनीलाई आधुनिकताको शिकारको चपेटामा नधकेलौ ।
.....................................................अस्तु

विजय थापा
भर्जिनिया अमेरिका 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com