रियालमा ब्रेकअप भएनी रिलमा व्यस्त अनुष्का र रणवीर I

मुम्बई मङ्सिर १५,

केही समयअघिसम्म बलिउडमा रणवीर सिंह र अनुष्का शर्मा चर्चित प्रेम जोडी मानिन्थे। तर उनीहरूको प्रेम लामो समयसम्म टिक्न सकेन।

बाटो छुट्टियो। तैपनि अहिले उनीहरू रोमान्समा व्यस्त छन्। तर यो रोमान्स वास्तविक जीवनमा नभई छायांकनमा रहेको चलचित्र 'दिल धड्कने दो' मा हो। यसअघि चलचित्र 'ब्यान्डबाजा' र 'लेडिज भर्सेज रिकी बहल' सँगै काम गरेका उनीहरूको प्रेमसम्बन्ध ब्रेक भएपछि यो पहिलो चलचित्र हो।

बलिउडमा अहिले रणवीर र अनुष्का दुवै व्यस्त नायकनायिका मानिन्छन्। अनुष्का दिल धड्कने दोका साथै नवदीप सिंहको निर्देशन रहेको अर्को चलचित्र 'एनएच १०' मा पनि काम गर्दैछिन्। यो चलचित्रको काम पूरा हुनासाथ उनी चलचित्र निर्माण गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ।

अझ उनले यस चलचित्रमा रणवीर सिंहलाई लिने चर्चाले त बलिउड तातेको छ। तर यस विषयमा अनुष्का एवं रणवीर दुवैले केही बोलेका छैनन्। -एजेन्सी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com