'' गज़ल '' कोमल भट्ट


'' गज़ल '' कोमल भट्ट
आजभोलि यस्तो लाग्छ,चुकेको छ देश मेरो
आफ्नो गौरव बिर्सिएर,झुकेको छ देश मेरो

पिता पुर्खा लडे सधैँ,अस्तित्वको रक्षा गर्दै
कहाँ पुग्यो गाथा ऐले,लुकेको छ देश मेरो

झलमल्ल बस्छन् अरू,हामी बस्छौँ अँध्यारोमा
धनी भन्छन् जलश्रोतको,सुकेको छ देश मेरो

चोर बस्छन चौतारीमा,दु:ख पाउँछ सज्जनले
अशक्त र निमुखामा,भुकेको छ देश मेरो

कोही पुगे चन्द्रमामा,कोही पुगे मङ्गल तिर
सबै छोडी कुर्सी मात्रै,ढुकेको छ देश मेरो

मिली सके माटो सँगै,सहिदका स्वप्ना सबै
चोखो आत्मा रुँदै रुँदै,थुकेको छ देश मेरो

झुक्दैन याँ सगरमाथा,न त झुक्छन् बुद्ध हाम्रा
झुक्नु हुन्न नेपालीले,फुकेको छ देश मेरो

कोमल भट्ट
पुरानो नैकाप ,काठमाडौँ
हाल:-रोचेस्टर,न्युयोर्क

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com