अग्निपीडित परिवार चार महिनादेखि रेडक्रसले उपलब्ध गराएको त्रिपालमुनि I

कञ्चनपुर, १५ मङ्सिर,

भीमदत्तनगरपालिका-१५ राधाकृष्ण टोलका अग्निपीडित परिवार चार महिनादेखि रेडक्रसले उपलब्ध गराएको त्रिपालमुनि बस्न बाध्य छन् । घर निर्माणका लागि काठ उपलब्ध नहुँदा अग्निपीडित जगन्नाथ बिष्टको परिवारले सास्ती व्यहोर्नु परेको हो ।

भदौ २२ गते राति अचानक आगलागी हँुदा काठले बनेको घर र गोठ पुर्ण रूपमा जलेपछि बिष्ट परिवार घरबारविहीन भएका हुन् । “घरभित्र राखेको खाद्यान्न, लत्ताकपडासहित घर जलेपछि बिचल्लीमा परेका छौँ”-पीडित बिष्टले भन्नुभयो ।

रेडक्रसले त्रिपाल, खाना पकाउने भाँडाकँुडा, जिल्ला प्रशासन कार्यालयले रु तीन हजार र उदयदेव सहकारीले रु दर्ुइ हजार सहयोगबाहेक अन्य ठाउँबाट सहयोग पाउन नसकेको उहाँले बताउनुभयो । रेडक्रसले उपलब्ध गराएको त्रिपालको झोपडी बनाएर पराल बिछर्याई ओढ्ने बिछयाउने कपडाको अभावमा आगो बालेर रात काट्नु परिरहेको उहाँले दुखेसो पोख्नुभयो ।

“घर बनाउनका लागि काठ आवश्यक छ”-उहाँले भन्नुभयो-“शुक्लाफाँटा वन्यजन्तु आरक्ष, वन कार्यालयमा पुगे पनि काठ उपलब्ध हुन सकेको छैन ।” आर्थिक अवस्था निकै कमजोर भएकाले दैनिक साँझ बिहानको छाक र्टार्नका लागि मजदुरी गर्नु परेकाले घर बनाउने पैसा जुटाउन नसकेको उहाँले उल्लेख गर्नुभयो । पीडित बिष्टको आठजनाको परिवार रहेका छन् । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com