चितवनतर्फजाँदै गरेको बस चुरियामाईमा पल्टिँदा ७ को मृत्यु I

हेटौँडा, १८ कात्तिक,

र्सलाहीबाट इँटा लोड गरी चितवनतर्फजाँदै गरेको ना४ख १२५२ नं ट्रक हेटौँडा-वीरगन्ज सडकखण्डको चुरियामाईको उकालोमा आज बिहान ५ बजे अनियन्त्रित भई पल्टिँदा सातजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु भएकाको अहिले बिहानसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो ट्रकमा आएका अन्य नौजना घाइते यात्रुको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । ट्रकका चालक र सहचालक घटनास्थलबाट फरार भएको र उनीहरूकोे खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com