संयुक्त राष्ट्रसंघ, १८ कात्तिक ,
प्राणघातक रोग इबोला भाइरसबाट अत्यन्त सङ्क्रमित तीन पश्चिमी अफ्रिकी मलुकहरु गायना, लाइबेरिया, सिर्रा लियोनमा सङ्घर्षरत आफ्ना स्वास्थ्यकर्मीहरुको सङ्ख्या तीन सयबाट दोब्बर पारी ६०० पु्याइने तथ्य संयुक्त राष्ट्र्संघ बाल कोष (युनिसेफ) का एक जना अधिकारीले जनाएको छ ।
युनिसेफको ग्लोबल इबोला इमर्जेन्सी कोअर्डिनेटर पिटर सलामाले सञ्चार कर्मीहरुलाई दिनुभएको जानकारीअनुसार इबोलाबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्यामा मध्ये बालबालिका मात्रको सङख्या २० प्रतिशत रहेको छ ।
हालसम्म करिब ५० लाख बालबालिकामा सो सङक्रमण देखा परेको र चार हजार जति त यसै रोगका कारण टुहुरा समेत भइसकेका छन् ।
विद्यालयहरु बन्द गरिएका, बालबालिकहरुलाई घर बस्न र अरुसँग नखेल्न बाध्य पारिएको अवस्थामा बाँच्न विवश छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म यी तीन मुलुकमा सो रोगको कारण करिब पाँच हजार व्यक्तिको मृत्यु भइसकेको छ
‘इबोला माहामारी रोक्न सकिएन भने वा यस सङ्क्रमणउपर विजयप्राप्त गर्न सकिएन भने बालबचाउ अभियानका लागि हामीले वर्षौदेखि गरिरहेको प्रयास सबै व्यर्थ हुने निश्चत छ ।
तसर्थ आगामी केही महिनासम्म अरु सबै बिर्सी हाम्रो सबै सङघर्ष यसैमा मात्र केद्रित रहनु पर्ने छ र हाम्रा स्वास्थ्यकर्मी, स्रोतसाधन र ध्यान यसैमा मात्र परिचालन हुनेछन ।’पिटरले बताए ।
यसैबीच यूएन मिसन फर इबोला इमरजेन्सी रेस्पोन्स (अनमीर) का प्रमुख अन्थोनी बानबुरी गायनाको भ्रमणसकी सिरीया लियोन पुगेका छन् ।
उनले उक्त दुवै मुलुकमा राष्ट्र सङ्घीय स्वास्थ्यकर्मीहरूको कार्य निरीक्षण र अनुगमन गर्नुका साथै दुर्गमस्थलका धेरैजसो स्वास्थ्य केन्द्र र शिविरमा पुगी उपचाररत जीवित रोगीहरूलाई भेटघाट गर्नुका साथै हालसम्म भए गरेका प्रगतिका बारे पनि जानकारी लिए । अन्थोनिले आज लाइबेरिया पुग्नु हुने र आगामी हप्ता हुने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा भ्रमणको प्रतिवेदन बुझाउने पनि जनाइएको छ । रासस/सिन्ह्वा :