काठमाडौँ कात्तिक १८,
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पेसा र जातको आधारमा मानिसलाई होच्याउने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
खड्गी सेवा समितिले आज पेस गरेको ज्ञापनपत्र बुझ्दै उहाँले व्यक्तिको सम्मानपर्ूवक बाँच्न पाउने अधिकारमा पेसा र जातको आधारमा हुने भेद्भावले आघात पुर्याउने भएकाले यस्तो परिपाटीको यथाशीघ्र अन्त्य हुनर्ुपर्छ भन्नुभयो ।
व्यक्तिले आफ्नो इच्छाअनुसार थर परिवर्तन गर्न पाउनर्ुपर्छ, यसका लागि कानुनी व्यवस्था हुनर्ुपर्छ’ अध्यक्ष शर्माले भन्नुभयो । आयोगका सदस्य प्रकाश बस्ती र मोहना अन्सारीले सम्मानपर्ूवक जीवनयापन गर्न पाउनु आधारभूत मानवअधिकार हो भन्दै कसैमाथि भेद्भाव भएमा मानवअधिकार उल्लङ्घन भएको ठहरिने बताउनुभयो ।
समितिका अध्यक्ष मनोज खड्गीले ‘नेपाली बृहत् शब्दकोश’ ले खड्गीलाई अपमान गर्ने गरी परिभाषा दिएको भन्दै आफ्नो समुदायमाथि भएको भेद्भावपर्ूण्ा व्यवहारका कारण आफूहरूमाथि मनोवैज्ञानिक असर परेको बताउनुभयो । रासस