सपना I

यथेष्ट पिल्सिएको आत्माको सुगन्धित र आकर्षक सपाना बाट मुरी मुरी सादुवाद । सपना,आज मलाई यो पत्र लेख्न यति असजिलो भइरहेको छ । यतिको असजिलो त सर्वप्र थम सगरमाथा चढ्नलाई तेन्जिङ्ग सेर्पा र एडमण्ड हिलारीलाई पनि भएको थिएन हो ला, किन भने उनीहरुलाई थाहा थियो सगरमाथाको चुचुरामा पुग्नलाई सबै भन्दा पहिलो पाईला सगरमाथाको फेदीमा राख्नु पर्छ भनेर । 

तर मलाई आज यो पत्र कसर ी सुरु र कसरी अन्त्य गर्ने भन्ने कुरामा नै अलमल्ल भएकोले मलाई यति असजिलो भएको हो । आज प्राण प्यारी, अर्धाब्गिनी र जिवनसाथी जस्ता सबै अपनत्वको शब्द भन्दा पर तिमी संम्बोदन विहीन भएकी छौ । सपना जिन्दगी दुुःख सुखमा जिउन तिमी स“ँगै सिके मैले । कुुनै दिन एउटा रोटी आधा आधा खाएर आधा पेट एकले अर्काको मुख हेर्दै निदाउथ्यौ । जाडो याममा पातालो पछ्यौरी ओडेर पनि रातहरु बिताउथ्यौ । 

भनिन्छ मायाँ र बिश्वासको कुनै सिमा हुदैन भनेर । हुन पनि हामी बिचमा कहिल्यै नमिठो बचन सम्म पनि भएन । प्रेम विवाहा असफल हुन्छ भन्नेहरुको लागी गतिलो जवाफ र जिउदो उदाहरण थियौ । हाम्रो मायाँ पिरती देखेर दुनियाँ छक्कै पर्थे । हाम्रो परेवा प्रिती रे । ढाहाले कतिले भित्रभित्रै दाह्रा पनि किट्थे होलान । हामी आफ्नै संसारमा हराएको हुन्थ्यौ आफै आफै दंग थियौ । आजको दिनमा तिमी जस्तो सतचरित्रवान छोरी मान्छे शायदै होलान । जस्लाइ मैले जिवन साथी बनाउन पाएको थिए । यो मेरा अहोभाग्य पनि हो । तिम्रो अनुहारमा संसार देख्थे । त्यसैले त म तिमीलाई कलियुगकी सत्यवाती भन्ने गर्थे । सपना ! जिन्दगीको गोरेटोमा हिड्दै गर्दा तिम्रो र मेरो मायाँको चिनो एउटी छोरीको पनि जन्म भयो । जस्को नाम श्रृजना राख्यौ । तिम्रो र मेरो मायाँको श्रृजना,अनि खुसिको अर्को सगरमाथा थपियो । 

हरेक खुसीले अरु थुप्रै जिम्मेवारी पनि बोकेर ल्याउदो रहेछ । छोरीको पालन पोषण र अलिक ठुलो हुदै गए पछि शिक्षा पनि दिनु पर्ने भयो । काठमाण्डौको ठाउँमा जागीर पनि नभएकोले घर खर्च चलाउन पनि गारो हुुदै गए पछि तिम्रो सल्लाहामा नै बिदेश तिर लाग्ने भए । त्यस समय तिमी र छोरीलाई छाडेर हिड्दाको पिडा अहिले म शब्दमा बताउन सक्दीन सफल कथाकार भएको भए एउटा गतिलो बियोगान्त कथा लेख्ने थिए । तर मैले महसुस मात्र गर्न सके । मनभित्रै थुनेर राखे तिमीलाइ पनि सुनाउने आट आएन । म बिदेश लागे पछि हामीलाई घर चलाउन केहि सजिलो भयो । मलाई लाग्थ्यो मैले रात दिन नथाकी खट्नु पर्छ । दश नंग्रा खियाएरनु पर्छ किन भने मैले तिम्रो मुहार भरी मुस्कान भर्नु पर्छ ,तिमीलाई खुसी पार्नुु पर्छ । 

दिन हप्ता महिना र बर्ष गर्दै २ बर्ष पुरा हुन ६ महिना मात्र बाँकी थियो । २ बर्ष पछिको हुने मिलनको कल्पना गर्दा मात्र पनि खुसिले मन त्यतिकै पागल पागल हुदै थियो । तर म हिजो मात्र छागा बाट खसे जति बेला मैले तिमीलाई कल गरे । मैले हिजो धेरै पल्ट कल गर्दा पनि उठेन । कता कता मन पोल्दै थियो । १०,१२ पल्ट कल गरे पछि बल्ल फोन उठाएयौ । निक्कै होहल्ला थियो तर त्यहा तिम्रो आवाज थिएन । कुनै छोरा मान्छे ले रुखो स्वारमा तिमीलाई सोध्दै थियो । कस्को कल हो भनेर ? तिमीले बिस्तारै भने को शब्द मेरो कानमा प¥यो । बुडाको होे । कस्तो नामर्दा रहेछ । छोडी सकेको बुड्रीलाई पनि फोन गर्ने ? अरु केटी भटेनछ ? म भित्र भित्रै आश्चर्य हुदै थिए । 

फेरी मैले सोधे सपना तिमीलाई सन्च छैन कि क्यो हो ? किन नबोले को ? अनयास मेरो कानमा यो शब्द प¥यो “माफ गर मैले अर्को बिहे गरे” र अब मलाई कहिल्यै फोन पनि नगर्नु उ रिसाउछ........। फोन काटियो । एकै छिन पछि एउटा म्यासेज आयो त्यसमा एउटा फोटो पनि थियो त्यो तिम्रो र तिम्रो नयाँ बेहुलाको रहेछ । अनि मलाई साच्चि नै विश्वास भयो तिमीले अर्को बिहे गरेकै रहेछौ भनेर । एउटा परदेशिको मन कस्तो होला ? आफ्नै श्रीमतिले यस्तो कुरा सुनाउदा ? एकै पल्ट आकाश खसेर छोपे जस्तै भयो । तिरै तिरले मुटु रोपे जस्तै भयो । म त्यो यात्रु जस्तै भए जस्को न अघि बड्ने र पछि हट्ने बाटो नै छ । न त उभिने माटो नै छ । सपना यो कुनै दैबिक प्रकोप र भबितप्य थिएन । त्यसैले मेरो मन अड्याउने ठाँउ पनि थिएन । उफ्रिए ,रोए,कराए, चिच्याए त्यति बेला मैले जे सक्थे त्यहि गरे । 

दिन जस्तो दिन भएन, जिवन जस्तो जिवन रहेन । मर्न पनि मन नलागेको होईन तर मर्न झनै ठुलो साहास चाहिदो रहेछ । जिवन एक फासीमा झुण्डिएको अर्ध मृतक समान भयो । एक छिन पछि मनलाई समाले अनि सोच्न थाले । सपना मलाई थाहा छ तिमीलाई मैले मेरो दुखद कथाहरु सुनाउनुको औ चित्य सकिएको छ । तिमीले भनि सकेको छौ मैले कल गर्दा उ रिसााउछ भनेर त्यसै ले मैले कल गर्ने पनि आट गरीन । अनि मनमा नै थुनेर पनि राख्न सकिन अनि त मे रो छटपटीहरुलाइ यसरी छताछुल्ला पोखी दिन विवश भए । आज मेरो आखा अघाडी तिमी सग बिताएको स्वर्णीम पलहरुको तस्बीरहरु नाचि रहेको छ । सपना तिमी मेरो जिवनमा बिपना भएर आयौ । सपना भएर बिलायौ । 

साच्चिनै विश्वको सबै भन्दा बियोगान्त कथा “ इडिपस ” भन्दा पनि बियोगान्त छ तिमीले दिएको उपहारहरु !! 
इडिपसले त आफ्नो वियोग खप्न नसकेर आत्मा हत्या गरेका थिए । तर म कातार छु त्यसै ले आत्मा हत्या गर्न पनि सक्दीन । अनि अर्को तिर कलकलाउदी ति निर्दोस नाबालिका छोरी पनि छिन । खास गरेर म उनको लागी पनि बाच्नै पर्छ । मलाई लाग्दैछ आज म आफ्नै मलामी गएर आफ्नै हातले आफ्नो चिता जलाउदै छु । अनि तिमी त्यहि दिन बे हुली हुदैछौ । आहा ! तिमी कति खुसी छौ हगी ? सुनेको थिए जिवन भनेको अनुभव हो । भोगाईहरुको सम्पुर्णता हो । जिवन दुई दिनकै भए पनि अनेकौ समस्याहरु सँग मुकाबिला गर्नु पर्दो रहेछ । थुप्रै दुख सुखका अनुभवहरु सगाल्नु पर्दो रहेछ । तर तिमीले दिएको पिडाले मलाई हरपल आशुको सागरमा नै डुबाइ रहनेछ । 

म त आर्यघाटमा लम्पसार परेको लास न हु मैले केहि गर्न सक्ने अवश्था रहेन । मेरो शरिरमा प्राण छैन । न त कुनै शक्ति नै छ । कुनै एउटा बस्तुलाई प्रयोग गरि फ्याकी दिए जस्तै फ्याकी दियौ । त्यसैले तिमी बाट ठगीएको अन्र्तबोदले मलाइ कहिल्यै छाड्ने छैन । आज मेरो मुटु पत्थरमा ठो किएको छ । नठोकिएको भए झनै ठुलो खाल्डोमा जाकिने थियो । एउटा खुबखार अपराधिलाई त फासी दिने बेलामा उसले गरेको सबै गल्तिहरु लाई सुनाईन्छ र मात्र फसी दिईन्छ । तर तिमीले यत्रो निणर्य गर्दा मलाइ एकै शब्द पनि बताएनौ । तिमीलाई सुख दिन नसक्नु नै मेरो ठुलो गल्ति भयो । त्यसै को सजाय दिएको छौ । अब त तिम्रो र मेरो हिसाब किताब पनि बराबरी भयो होला । मेरो गल्तिको सजाए पनि पाइ सके पछि म पनि साच्चो मान्छे भएको छु । 

अब हामी कहिल्यै नभेटिने एउटा नदिको दुइ किनार भयौ । किन भने जहिले पनि एउटा नदी बगी नै रहने छ हामी बिचमा । जादा जादै भन्न मन लागेको कुरा पनि भनि हालू मैले पुरा गर्न नसकेको सबै तिम्रो आकांक्षाहरु पुरा होस । म त चाहान्छु तिमी रानी हुनु अझ महारानी हुनुु दुनियाँको सारा सुख,आनन्द र ऐश्वर्यहरु तिमीलाई मिलुन । म जिवनभरी रोए पनि तिमी सधै हासेर बाच्नु । मैले मागेको कुरा भगवानले दिन्छन भने तिम्रो लागी माग्ने छु । तिमी बाचि रहनु .....मेरो आशुको श्राप तिमीलाइ कहिल्यै नलागोस । जीवनको कुनै पल मेरो यादले सतायो भने आफ्नै ढुकढुकी छाम्नु यदी धड्कीयो भने त्यो धड्कन भित्र नै मलाई भेट्ने छौ । 
तिम्रो पति म :

चकेन्द्र ''कैदी'' राई

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com