'' गज़ल ''By, कोमल भट्ट
नठान साथीहो,खुसीले जिएको
छ आँसु आँखामा,नदी भै बगेको ll
न बन्धु छन् मेरा,न कोही हितैषी
विभिन्न पिडा छन्,बलैले सहेको ll
चिरिन्छ छाती यो,प्रवाशी हुनाले
भएँ म कैदी झैं,थुनामा परेको ll
स्वदेश सम्झेरै,सधैँ भो भकानु
धुँदै छु रातोदिन्,सिरानी भिजेको ll
यहाँ छु बाँचेको,मरेको सरी भै
रहेछ भावीले,यही नै रचेको ll
यथार्थ भोगेको,सुनाएँ न ढाँटी
सकिन्न लेखेरै,कथा यो दुखेको
निकै छ साँचेको,शुभेच्छा मनैमा
फिरेर देशैमा,गरौँला सकेको ll
सूत्र :- ISI SSS ISS ISS
छन्दःगङ्गापूर्ण
गणः ज म य य
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका