यसरि स्वरोजगारतर्फजिल्लाका स्थानीय युवा आकषिर्त I

गाईघाट -उदयपुर, ११ मङ्सिर,

उदयपुर जिल्लामा युवा स्वरोजगारतर्फजिल्लाका स्थानीय युवा आकषिर्त हुँदै गएका छन् । 

जिल्ला कृषि विकास कार्यालय उदयपुरले युवा स्वरोजगारका लागि कात्तिक १६ गतेबाट मङ्सिर ८ सम्म फारम भर्न सूचना प्रकाशन गरेबमोजिम फारम भर्ने युवाको सङ्ख्या एक हजारको हाराहारीमा पुगेको कृषि विकास कार्यालय उदयपुरले बताएको छ । 

कृषि विकास कार्यालय उदयपुरले युवा स्वरोजगारसम्बन्धी विभिन्न व्यवसाय माछापालन, माहुरीपालन, तरकारी उत्पादन, च्याउखेतीलगायतका व्यवसायमा स्वरोजगार फारम खुलाएको हो । प्राप्त फारममध्ये छनोट गरेर च्याउखेतीसम्बन्धी २० जना युवा व्यवसायीलाई प्रतिव्यक्ति ४० हजारका दरले रु आठ लाख अनुदान दिने तयारी भएको छ । 

यस्तै माछापालन गर्न चाहने चार जनालाई प्रतिव्यक्ति रु ५२ हजारका दरले रु दर्ुइ लाख आठ हजार अनुदान दिने कुरा कृषि विकास कार्यालय उदयपुरले जनाएको छ । यता माहुरीपालनसम्बन्धी व्यवसाय गर्न चाहनेलाई जिल्ला कृषि विकास कार्यालय उदयपुरले रु ३६ लाख अनुदान दिने भएको छ । 

यस्तै तरकारी उत्पादनमा स्वरोजगारी गर्न चाहने ६० जनालाई प्रतिव्यक्ति रु ४० हजारका दरले रु २४ लाख अनुदान दिने तयारी गरिएको छ । सरकारद्वारा युवा स्वरोजगारको कार्यक्रम सञ्चालन हुँदै आएपछि केही वर्षता उदयपुरका युवा स्वरोजगार अनुदान रकममार्फ विभिन्न व्यवसायमा स्वरोजगारी बन्दै आएको जिल्ला कृषि विकास कार्यालय उदयपुरले जानकारी दिएको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com