‘सोल्टी घरमा तुरुन्त फोन गर्नु रे ।’ पोखराको साथी दिपक गुरुङ्गले बिहानै मलाई भने । म बिउ“झिएर
ओछ्यानमै पल्टि रहेको थिए“ । मेरो घरको समाचार कस्ले सुनायो उनलाई ? यसको बारेमा निकै लामो लेख
हुनेछ, त्यो कुनै दिन लेख्ने नै छु । अहिले चा“हि यो लेखमा नै केन्द्रित हुन चाहे“ ।
दिपककोे कुरा सुने पछि मेरो शरीर चिसो भयो । हतारिदै बाबालाई फोन गरें,बाबाले भन्नु भयो –
‘तिमीहरुको आमाले संसार छाड्यो ।’ हामीले आमा गुमाएका थियौं र बाबाले आफ्नो जीवनसाथी । पीडा
उस्तै थियो । फेरि मलाई संम्झाउदै भन्नु भयो – ‘ भन्छन् हुने हार दैब नटार ।’ गर्ने जति गरेकै
हो । तर पार लागेन, ‘यति नै लेखेको रहेछ भनेर चित्ता बुझाउनु पर्छ..... ।’ आलो घाउमा नून खुर्सानी
लगाइ दिए जस्तै भयो । आमा परालोक हु“दा घर जान नसकेकोमा अभागी सम्झेर आफै“लाई धिकारे...।
अनि म मात्र एक्लो नेपाली होइन होला भनेर चित्ता बुझाए“ ।
आमा ७÷८ महीना देखि फोक्सोको क्यान्सरले थलिनु भएको थियो । बिरामी भएकँे धेरै पछि मात्र रोग
पत्ता लागेर धरान घोपा क्यापले भरतपुर क्यान्सर हस्पिटल रेफर गरी दिएको थियो । क्यान्सर लागेका
मान्छेहरु उपचार पछि धेरै बा“चेका पनि छन् । समयमा नै रोग पत्ता लागेको भए अझै ८÷१० साल बा“च्नु
हुन्थ्यो जस्तो लाग्छ । फेरि क्यान्सर एक डरलाग्दो र निकै खर्चालु रोग रहेछ । हामी जस्तो सामान्य
परिवारलाई यसको उपचार गर्न पनि निक्कै गाह्रो पर्ने रहेछ ।
धेरै खर्च हुने भएकोले नै होला आफन्तहरुले उपचार नगर्न सल्लाहा पनि दिएका थिए । यसलाई हामीले
नराम्रो सोचेनांै । तर पैसालाई जीवन स“ग दा“ज्न मिल्दैन । फेरि सवाल आÏनै जन्म दिने आमाको थियो ।
जस्ले महीनौं सम्म आÏनो पेटमा बोक्दै आÏनै शरीर फुटाएर यो धर्तीमा पाइला टेकाउनु भयो ।
आफू
भोकै बसेर हामीलाई खुवाउनु भयो, बडाउनु भयो,पढाउनु भयो । उहा“ ओछ्यानमा उपचार नपाएर छट्पटी
रहेको हामी कसरी हेर्न सक्थ्यौ र ? हाम्रो पनि मुटु ढुङ्गाले बनेको होइन नी । त्यसैले सपरिवार सल्लाहा गरी
खर्च जुटाउदै निरन्तर उपचार गर्न थाल्यौं । उपचार कै क्रममा फ्रेबुअरी २ तारीकको दिन ७ सन्तानकी
ममतामयी आमाले हामीलाई छाडेर यस धर्ती बाट सदासदाको लागि विदा लिनु भएको थियो ।
म पहिलो छुट्टिमा घर गएको बेला आमा निकै कमजोरी हुनुहुन्थ्यो । केहि महीना पहिला मात्र उहा“को
पाठेघरको अपेरेशन गर्नु परेको थियो । औंषधिले गलाएको होला भनेर सोचे । म यतातिर फर्कदा काठमाडौं
सम्म आमाबाबा दिदीहरु सबै आउनु भएको थियो । काठमाडौंको प्रायः सबै मठमन्दिर घुमेका थियौं ।
मनकामनाको दर्शन गर्न पनि गएको थियौं । मेरो छुट्टिको समय सकिए पछि उहा“हरुलाई काठमाडौंमा नै
छाडेर म कर्मभूमी आएको थिए“ ।
छुट्नु अघि बिदा माग्दै खुट्टामा निहुरदा भन्नु भएको थियो–‘हिउ“दामा जसरी पनि आउनु है विहे गर्नु
पर्छ,’ जवाफमा मैले हुन्छ भनेको थिए“ । यतातिर आएको केहि समय पछि आमालाई बिरामले समातेको थियो ।
परदेशमा रहदा गाउ“घरको यादले मात्र पनि एक परदेशीको मन बेचैन हुन्छ । आफ्नो परिवारमा कोहि बिरामी
भएमा त झनै.... । युद्ध भूमि बाट कुनै पनि समय जस्तो पनि खबर आउन सक्छ । आमाको लागि उपचार एक युद्ध
नै त थियो । त्यसैले अशुभ समचार आउला कि भनेर डराई रहन्थे ।
आमा बिरामी भए देखि राम्रो संग निदाउनु सकिन । मेरो मोबाइलको घन्टी बजे पछि घर बाट फोन आएको
होला जस्तो लाग्थ्यो । फोन उठाउन अघि नै मनले संसार सोची सकेको हुन्थ्यो । मुटुको धड्कन नै बन्द
हुन्थ्यो । यसरी पलपल मरेर बा“चि रहेको हुन्थे ।
आमाको बसाइ“ काठमाडौंमा र उपचार (केमोथेरापीका)े
लागि १५ दिनमा भरतपुर जानु पथ्र्यो । बारम्बार हुने नेपाल बन्दले अर्को सास्ती बेहोर्नु पथ्र्यो । त्यति बेला
आमालाई स्याहार्ने जिम्मा बहिनी सुमिको थियो । अन्तिम दिनहरुमा यसरी आमाको सेवा गर्ने अवसर
भाग्यशालीहरुले मात्र पाउछन् । सुमीले यो अवसरमा पुण्यकर्म गरिन् र दूधको भाडा अलिकति भए पनि तिरेकी
छिन् ।
बहिनीलाई फोन गरी रहन्थे, पैसाको बन्दोबस्था र उपचार के कसरी भै रहेको छ भनेर बुझ्थे । आमा स“ग
कुरा गर्दा कहिल्यै बिरामी छु र मलाई गारो भएको छ भन्नु भएन । जहिले पनि मलाई ठिकै छ बरु
तिमीहरुलाई कस्तो छ भनेर सोध्नु हुन्थ्यो–‘परदेशा आÏनो ख्याल गर्नु मलाई हेर्ने त डा.हरु छन् ।
बहिनी २४ सै घन्टा मेरो साथमा हुन्छ । मेरो बारेमा कुनै चिन्ता नगर्नु ।’ क्यान्सरको असह्य दर्दहरुलाई
लुकाएर हाम्रो चिन्ता लिने उहा“को मुटु र आत्मा सा“च्चि नै भगवानको जतिकै लाग्छ ।
म यति बेला संसारका सबै
आमाहरुलाई शिर झुकाएर नतमस्तक सलाम गर्न चाहन्छु ।
मिलन –बिछोड, जीवन –मृत्यु अकाट्य सत्य हो,भन्ने कुरा मैले पनि राम्रै स“ग बुझेको छु । यहा“ जीवन
मात्र होइन,संसार नै अस्थायी छ । तर पनि हामी बिछोडमा बिलौना गर्छौं, आयु सकिए पछि पैसा, धामी, डा.
अनि आंैषधिहरु केहि होइन रहेछ । हुन त सबैले जाने बाटो एउटै हो,कोहि अघि कोहि पछि मात्र हो । उपचारै
गर्न सकिएन र पाइएन भन्ने कुनै गुनासाहरु चाहि“ रहेनन् । तर मेरो एउटा घुड्को जीवन भरि रहिरहने छ । धेरै
पहिले देखि मेरो विवाहको कुरा गर्नु हुन्थ्यो । ‘आजको जमनामा बुहारी घरमा आए पछि म सुख पाउछु भन्ने त
आशा छैन । तर माइली बुहारीले पकाएको एक छाक खाने मन छ ।’ सधै“सधैं यस्तै कुरा गर्नु
हुन्थ्यो......।
एक दिन कल कन्फ्रेन्समा आमा,म र मेरो पे्रयसी तिन जना कुरा ग¥यौं । आमालाई माइली बुहारी भनेर
चिनाए“ ।
अरु बेला एक छिन कुरा गरे पछि ‘मेरो स्वास बड्यो बहिनी स“ग कुरा गर है ।’ भन्ने आमा बुहारी स“ग
खोक्दै भए पनि धेरै बेर कुरा गर्नु भयो । पछि पे्रयसीले सोधिन् आमाको स्वार सुन्दा त बिरामी जस्तो लागेन ।
प्रष्ट र उच्च स्वारमा कुरा गर्नु भयो । ‘बुहारी स“ग बोल्न पाएको खुसीले यसरी कुरा गर्नु भएको’ मैले
भनेको थिए“ ।
आमालाई निकै गारो हुन थाले पछि भाइ खगेन्द्र इर्मजेन्सी छुट्टि अघिल्लो दिन मात्र गएको थियो । सुति
रहेको ठाउ“मा ढोग गर्दा आइ पुगीस् भन्दै सुतिसुति सुमसुम्याउनु भयो रे । कहिल्यै नरुने हाम्री आमा
भाईलाई हेर्दै रुन थाल्नु भएछ । त्यस दिन बेस्सरी रुनु भएछ । कहिल्यै नडराने हाम्री आमा धेरै डराउनु
भएको थियो रे । १२ बजे राती मलाई नछोड है भन्नु भए पछि अर्को शब्द कसैले सुन्न पाएनन् । बिहान
२ बज्दा आमाले यो धर्तीमा अन्तिम स्वास फेर्नु भएछ । आमाको आत्माले भाइलाई मात्र पर्खि रहेछ थिएछ ।
त्यही“ अशुभ समाचार सुन्दा मूच्र्छित भएको थिए“ ।
आमा मैले बोलेको हरेक शब्दहरु हजुरले सुनि रहेको हुनु पर्छ । मैले हजुरलाई बुहारी भनेर चिनाएको
प्रेयसी स“गै विवाह गरें । त्यति पनि याद गर्नु भएन ? कति मज्जाले ‘ममी’ भनी बोलायो, तैले रोजेको
बुहारी त बोलैया रहेछ भन्नु भएको थियो नी उनी नै हुन् । तपाइ“को र उनको नाम पनि एउटै रहेछ ।
गएको छुट्टिमा पनि काठमाडौको र मनकामना सबै तिर गए“ । तर सबै ठा“उ शून्य लाग्यो । जब घरमा गए“ झनै
बिरक्त लाग्यो । कतै जा“दा होस् या घर आउदा बोलाउने ‘आमा’ नै नभए पछि घर पनि मसानघाट जस्तै
लाग्यो । कोठाहरु बिशाल ओडार जस्तै लाग्यो । जीवनलाई डो¥याउने हातहरु नै नभए पछि छानो बिनाको घर
जस्तै हुदो रहेछ जीन्दगी ।
एल्बमहरुमा रहेका तस्बिरहरु पल्टाउदै गए“ तपाई“को तस्बिरहरु जस्ताको तस्तै रहेछन् ।
ति तस्बिरहरु बोल्छन् कि
भनेर निकै बेर आशा पनि गरें । हेर्दै गए“ आ“खाहरु रसाउन थाले । घुरेन,आगनहरु पनि न्यास्रो मानि रहेका थिए
। चुलाहरु बिलौना गरी रोइरहेको थिए । परदेशीको लागी आÏनो घर स्वार्ग नै हुन्छ । तर आनै घर मलाई
नर्क जस्तै लाग्यो । त्यसैले घरमा एक रात मात्र बसें,त्यो पनि जागै बसें ।
यता आए पछि मन शान्ता होला भन्ने लागेको थियो । तर झनै ति यादहरुले सताउन थाल्यो । आमा बिनाको
संसार सा“च्चि नै रित्तो हुदो रहेछ । आज टुहुरो हुनुको पीडा मैले पाइला पाइलाहरुमा भोग्दैछु र महसुस
गर्दैछु । अनि बाबाको अनुहार हेरेर चित्ता बुझाउदै अलिकति बा“च्ने साहास बटुल्छु.......।
म हजुरकै
सन्तान हु“, मलाई थाहा छ, जन्म दिने आमा भनेको दुनिया“को सबै भन्दा ठूलो भगवान हो । आÏनो
सन्तानहरुको अक्षम्य गल्तीहरुलाई पनि क्षामा दिन सक्ने बिशाल आत्मा हुन्छ एउटी आमाको । हजुरले त आमा
हुनुको धर्म र कर्म निभाउनु भयो,तर मैले छोरा हुनुको कतब्र्य पुरा गर्न सकिन । सा“च्चि नै दःुख लागेको छ ।
त्यही“ दःुखले आफूलाई नमीठो यातना दिइरहेको छ । फेरि फेरि पनि यो धर्तीमा जन्म लिए भने
हरेक जन्म हजुरकै कोखमा लिन पाउ“ भन्दै शिर झूकाउदै क्षमा चाहन्छु । अन्त्यमा यहा“का आत्माकोे चिर
शान्तिको कामना गर्दै दुई शब्द हार्दिक श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु ।
चकेन्द्र ‘कैदी’ राई
