HIV/AIDS बाट हालसम्म ११२ जनाको मृत्यु

भीमदत्तनगर मङ्सिर १२,

कञ्चनपुरमा एचआइभी/एड्सबाट हालसम्म ११२ जनाको मृत्यु भएको छ । हालसम्म भेटिएका ४२६ सङ्क्रमितमध्ये ११२ जनाकोे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार भारतमा मजदूरी गर्न जाने १९६ र उनीहरुका परिवारका १६५ जना सङ्क्रमित भेटिएका हुन् । एचआइभी सङ्क्रमित आमाबाट जन्मिएका ५१ शिशु, सात यौनकर्मी महिला र एक जना तेस्रो लिङ्गीमा एचआइभी देखिएको जनस्वास्थ्य कार्यालय प्रमुख बलबहादुर महताले बताए । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com