कार्तिक २३ ,भर्जिनिया
विजय थापा : आगामी नोभेम्बर २२ र २३ तारिख टेक्सासको डालस शहरमा काँग्रेस निकट जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय अधिवेशन नजिकिदै जादा बिभिन्न पदमा आफ्नो उम्मेदवारहरु दिने क्रम तिब्र हुन् थालेको छ ।
र आफ्नो दावेदारीको औचित्य पुष्टी गर्दै समस्ट काग्रेसको हित र भलो चाहना राख्ने कुराहरु सतहमा आई रहेका छन । लगभग एक दशक लामो समय सम्म आन्तरिक कलह र गुटगत झगडाको चक्रब्युमा फसेको जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय अधिवेशनले अल्झिएको गाठो फुकाउने छ भन्ने आशा राखिएको छ ।
र,जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय अधिवेशनमा महा सचिब पदमा आफ्नो उम्मेदवारी दिने घोषणा दिई सकेका क्यालिफोर्नियामा बसोबास गर्दै आएका संचार कर्मी धनन्जय नरसिंह केसीले टेक्सास अधिवेसन एकताको लागि गरिएको हो भने ।
र ,हामी सर्बसम्मतीमा विश्वास गर्दछौ l र ,सबै पदमा सर्बसम्मती होस् भन्ने आफ्नो चाहना रहेको भन्दै यदि कदा कदाचित यसो हुन् नगएमा स्वस्थ प्रतिस्पर्धा होस् भन्ने विचार राखे ।
अधिवेसनले बिधान संसोधन पनि गर्ने छ । निर्वाचित अधक्ष्यले नै अन्य पदहरु मनोनयन गर्ने भएकोले अधक्ष्य पदलाई मात्र सर्बसम्मत नगरी ,सर्बसम्मत गरे सम्पूर्ण पदमा सर्बसम्मत होस् भन्ने आफ्नो चाहना रहेको विचार पोखे ।
र,उनले थप अगाडी भने २१ औ शताब्दीमा खुला र स्वस्थ प्रतिस्पर्धा हुनु पर्छ भन्दै आफ्ना भनाई स्पस्ट रुपमा राख्दै सबैमा आग्रह गर्ने बताए ।
