बिरामी बोक्ने एम्बुलेन्स मेलाको यात्रु ओसार्न प्रयोग I

गोलबजार (सिरहा) कार्तिक २०,

बिरामीलाई उपचारका लागि गन्तव्यसम्म पु¥याउन प्रयोग गरिने एम्बुलेन्सलाई मेलामा यात्रु ओसार्न प्रयोग गरिएको पाइएको छ ।

पूर्णिमाको अवसरमा सिरहाको बरेबास्थित कमला नदीको किनारमा लागेको मेलामा मिर्चैया नगरपालिकामा सञ्चालित रेखा नर्सिङ केयर एन्ड डाइगनोस्टिक सेन्टर प्रालिको स१च ८०१ नम्बरको एम्बुलेन्स आज बिहानैदेखि यात्रु ओसार्ने काममा प्रयोग गरियो ।

साइरन बजाउँदै भीडलाई छिचोल्दै मेलामा एम्बुलेन्सले यात्रु ओसार्ने काम गरेको प्रत्यक्षदर्शी दिनेश यादवले जानकारी दिए । उनले भने, ‘पहिलो पटक आउँदा कुनै घटनामा मानिस घाइते भएर आएको हो कि जस्तो लाग्यो । तर दुई तीन पटक आएपछि बल्ल थाहा पाएँ, यात्रु ओसार्ने काम गरिरहेको छ ।

बिरामी बोक्ने एम्बुलेन्सले यात्रु ओसार्ने गरेको पहिलो पटक देखेर अचम्मै लाग्यो ।’ एम्बुलेन्स सञ्चालन गरिरहेका रेखा नर्सिङका मालिक रामकुमार साहले आफ्नै घरपरिवारका सदस्य बोकेर मेला हेर्न गएको स्वीकारे । उनले भने, ‘एम्बुलेन्स फुर्सदमै थियो ।

त्यही भएर एम्बुलेन्समै मेला हेर्न गएको थिएँ ।’ सिरहाका धेरैजसो एम्बुलेन्स अस्पताल, क्लिनिक र सङ्घसंस्थाको नाममा भन्सार छुटमा निकालेर व्यक्तिले आम्दानी बढाउने स्रोतका रूपमा प्रयोग गरिरहेको पाइएको छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com