कविता ' ए मेरो जिन्दगि '
ए मेरो जिन्दगि
जब तिमि देखि टाढा हुने कल्पना गर्छु
मेरो वरिपरिको बास्ताबिका फूल बाट
अचानक काडा बन्न जान्छ
अनि बेसरी मलाई घोच्न थाल्छ
भत्भत् पोल्न थाल्छ मानौ सरिर बाट
आत्म अलग्याइएको आभास हुन्छ
संसार अन्धकार लाग्छ
बाच्ने कुनै आधार देखिदैन
अनि डाको छोडेर रुन्छु
यत्तिकैमा कतै बाट तिम्रो
अन्तरात्मादेखि ध्वनी निस्किन्छ
मेरी प्रियसी
तिमि कहिल्यै म देखि टाढा नहुनु है ?
तिम्रो माया र साथ् बिना म अधुरो छु
मलाई तिम्रो ममताको आचलमा लुकाएर
राख तिमि बिना मेरो जिन्दगि औचित्यहीन
हुनेछ भन्दै मेरा रुझेका परेलीहरु
ओठको स्पर्सले चुमिदिन्छ
मेरो यो पलपल दुख्ने एकान्तमा तिम्रो
काल्पनिक चुम्बनले मलाई
सारा पिडा र बेदना बिर्साएर एक
तिम्रो बाफिलो सास यति एकाकार
बनिदिन्छ म संसार बिर्सन्छु
हराउछु आफैमा मलाई ठुलो
थकान बाट बिस्राम मिलेको
हुन्छ फेरी मलाई न्यानो
अंगालोमा कस्दै
प्रिय
तिमि निरास नहुनु तिम्रो यो
उदासीनताले मेरो मनभरि
बादलले घेरिदिन्छ
त्यो मिठो स्पनको उज्यालोपनमा
औसीको कालो रात बनेर छिरिदिन्छ
त्यसैले
मेरी मायालु
तिमि सदा हास्नु पर्छ है ? हाम्रा यी बिछोडका
सुन्यतालाई मिठो सम्झना बनाएर गास्नु पर्छ
तिमि बाट कोसौ टाढा म पनि त
हरपल तड्पेर बाचेकोछु
नि तिम्र यिनै गुलाबी अधरले दिएको
अनगन्ती मायालाई संगाल्दै
जीवन सुन्य भएपनि तिम्रै कल्पनामा
डुब्दै सम्झना र स्वप्नमा तिमीलाई भेट्दै.
तिमीलाई भेट्दै.
भौतिक रुपमा टाढा हुनु हाम्रा
बाध्यता हुन् तर आत्माको तार
संगै जोडिएको छ
अनि म मुस्कुराउछु
मलाई संसारको सबै खुशी
मिलेको अनुभूति हुन्छ
अनि फर्किन्छु
कल्पनाबाट
आफ्नै बास्तबिक जीवनमा
साच्चै
आहा !
कति मिठो यो मायाको अनुभूति !!!!
कल्पना पौडेल “जिज्ञासु”
गैडाकोट-४,नवलपरासी
हाल: इजरायल