डिसीमा उल्टो साईकल यात्रीलाई सम्मान I

कार्तिक १७ ,भर्जिनिया,

विजय थापा : डिसी महानगर क्षेत्रको भर्जिनियाको फल्स चर्चमा डिसी महानगर क्षेत्रमा रहेका बिभिन्न संघ तथा संस्थाको सयुक्त आयोजनामा बिश्वकै पहिलो उल्टो साईकल यात्री बिरेश दाहाल (उदयपुर) र अर्का बिश्व साईकल यात्री बरुण अधिकारी (उदयपुर) लाई फल्स चर्च स्थित एक चमेना गृहमा स्वागत तथा सम्मान गरिएको छ  ।  

बिजेन्द्र महरा (पाँचथर) सन्चो नभएको कारण न्यु योर्कबाट डिसी आउन सकेनन  ।  भर्जिनियामा भएको उक्त स्वागत तथा सम्मान कार्यक्रममा अमेरिकाका लागि नेपाली दुतावासका कार्यबाहक राजदुत ऋषि राम घिमिरेले साइकल यात्रीहरुले गरेको अदम्य साहसको प्रसंशा गर्नु भएको थियो  ।  "दिगो शान्ति, बिश्व मानव भाईचारा र नेपाली पहिचानको निम्ति" मुल नारा बनाएर बिश्व उल्टो साइकल यात्रामा निस्किएका दहालले सन् २०१९ सम्म १५१ देशको यात्रा पुरा गरेपछि आफ्नो यात्रा स्थगन गर्ने बताएका छन्  ।  

बिश्व उल्टो साईकल यात्री बिरेश दाहालको बिश्व यात्राबारे श्रब्यदृश्य प्रस्तुत गरिएको थियो भने उल्टो साईकल यात्री दाहालले आफ्नो बिश्व उल्टो साईकल यात्राबारे जानकारी गराएका थिए । उनी र उनको ३ जनाको समूहले हालसम्म ५८ देशको यात्रा पुरा गरेको र उनले सन् २००४ अप्रिल २७ बाट सुरु गरिएको यात्रा हालसम्म ४७ हजार किलोमिटर उल्टो बसेर साईकल यात्रा गर्न सफल भएको बताए । 

उनको यात्राका सहयात्री बिश्व साईकल यात्रीहरु बरुण अधिकारी र बिजेन्द्र महराले भने सुल्टो साईकल यात्रा गर्दछन् । उनीहरुले बिरेश दाहालले उल्टो साईकल चलाउँदा दाहालको अघिल्तिर र पछिल्तिर साईकल चलाएर उल्टो साईकल यात्री दाहालको सुरक्षा गर्दछन् । 


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com