अन्तरिक्ष यान परिक्षणका क्रममा बिस्फोट हुँदा पाइलटको मृत्यु I

क्यालिफोर्निया कार्तिक १५,

अमेरिकाको क्यालिफोर्नियामा एउटा अन्तरिक्ष यान परिक्षन्को क्रममा बिस्फोट हुँदा पाइलटको मृत्यु भएको छ भने अर्का पाइलट गम्भीर घाइते भएका छन् ।

पर्यटकलाई अन्तरिक्ष भ्रमण गराउने उदेष्यले सो यान निर्माण गरिएको थियो । बिस्फोट को कारण खुल्न सकेको छैन । अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा समितिले उक्त घटना बारे तत्कालै अनुसन्धान गर्ने जनाएको छ । यान निर्माण कम्पनि भर्जिन ग्यालेक्टिकका लागि सो घटना निकै ठुलो झट्का भएको बिबिसीले जनाएको छ ।

सो र्घटना पश्चात  उक्त कम्पनिको भावी कार्य योजनामा नै असर पुग्ने बीबीसीका  विज्ञान मामिलाका सम्पादक डेविड सुक्मेनले बताए । अमेरिकामा गएको मंगलबार पनि मानव रहित रकेट प्रक्षेपण गरे लगतै बिस्फोट भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com