न्युयोर्क (एजेन्सी), कार्तिक २२ -,
सामान्यतया शक्तीशाली व्यक्ति सम्पन्न पनि हुने गर्छन् । तर शक्ति र सम्पत्ति एकै समयमा नहुन पनि सक्छ । कुरा सुरु गरौं, ब्लादिमिर पुटिनबाट । रुसी राष्ट्रपति पुटिन फेरि एक पटक विश्वकै शक्तिशाली व्यक्तिका रूपमा प्रस्तुत भएका छन् ।
फोब्र्स पत्रिकाले सार्वजनिक गरेको विश्वका ७२ शक्तिशालीको सूचीमा दोस्रो पटक निरन्तर पुटिन एक नम्बरमा परेका हुन् । युक्रेनको भूभागमा भइरहेको रुसी हस्तक्षेप, चीनसँग ग्यास पाइपलाइन निर्माणलगायत विषयले ६२ वर्ष पुटिनलाई वर्षभरि नै चर्चामा राख्यो । उनलाई मन पराउने व्यक्ति रुस बाहिर धेरै नभेटिए पनि शक्तिशाली व्यक्ति हुन् भन्न हिचकिचाउने भने कमै छन् ।
यसअघि जस्तै रुसका राष्ट्रपतिलाई टक्कर दिन अघि आएका छन्- अमेरिकी राष्ट्रपति बाराक ओबामा । ५३ वर्षका ओबामालाई यो वर्ष खासै फाइदा भएको जस्तो देखिँदैन । दोस्रो कार्यकालको मध्य समयमा आइसकेका ओबामाले अमेरिकाको दुवै सदनमा प्रतिपक्षी धेरै बटुलेका छन् । अफ्रिकी मुलुकमा संकट बनेको इबोला रोगदेखि मुस्लिम आतंकवादी समूह आईसीसीसम्म उनी नियन्त्रण गर्न अग्रसर हुन्छन् । गएको एक वर्ष अर्थतन्त्रमा देखिएको सुधार, रोजगारीलगायत कारणले ओबामालाई केही सजिलो पनि बनाएको थियो ।
एक र दुई नम्बर रुस र अमेरिकाका प्रमुखले पाएपछि तीन नम्बरमा चीनका राष्ट्रपति सि जिनपिङ नपर्ने कुरै भएन । ६१ वर्षका जिनपिङ आफ्ना सुधारवादी कार्यक्रमका कारण पश्चिमा सञ्चारमाध्यममा पनि राम्ररी छाउने गरेका छन् । चिनियाँ राजनीतिमा माओपछि सबैभन्दा शक्तिशाली नेताका रूपमा समेत उनलाई हेर्न थालिएको छ ।
निजी क्षेत्रलाई प्रोत्साहन दिने नीतिलाई अघि बढाइरहेका उनले चीनको अर्थतन्त्रलाई पनि उत्तिकै माथि लैजाँदै छन् । अर्थतन्त्रसँगै क्षेत्रीय शक्तिका रूपमा अघि आउन पनि उनले गरेका प्रयास सफल भएको देखिन्छ ।
तीन राजनीतिज्ञ पछि भने धर्मगुरुले फोब्र्सको सूचीमा स्थान पाएका छन् । सूचीअनुसार पोप फ्रान्सिस चौथो शक्तिशाली व्यक्ति हुन् । ७७ वर्षका यी गुरुका पछि विश्वका १ अर्ब २० करोडभन्दा बढी व्यक्ति भएको उल्लेख गर्दै सूचीमा राखिएको हो । पोपले अघिल्लो वर्ष पनि यही स्थानमा आफूलाई राखेका थिए । क्याथोलिक चर्चको परम्परागत छवि परिवर्तन गर्न थालेका प्रयाससँगै समय समयमा गर्ने टिप्पणीका कारण फ्रान्सिस चर्चामा रहेका थिए ।
पोप पछि भने अर्को राजनीतिज्ञले सूचीमा स्थान पाएको देखिन्छ । पाँचौं शक्तिशाली व्यक्तिका रूपमा महिला राजनीतिज्ञ तथा जर्मन चान्सलर एन्जेला मार्केल परेकी हुन् । ६० वर्षे मार्केल विश्व राजनीतिमा छुट्टै स्थान बनाउन सफल छिन् । उनले विश्वका प्रमुख मुद्दामा स्पष्ट धारणा राख्ने व्यक्तिका रूपमा पहिचान बनाएकी छन् । योसँगै मुस्लिक आतंकवादी संगठन आईसीसीविरुद्ध सैनिक कारबाहीमा अग्रसर भएर पनि उनले चर्चा कमाएकी हुन् ।
यी भए राजनीतिबाट शक्ति पाएका व्यक्तिको कुरा । तर सानै उमेर अनि राजनीतिबाट टाढै भए पनि शक्तिशाली हुनेको कमी भने छैन । फोब्र्सको ७२ जना शक्तिशालीको सूचीमा ५० वर्ष उमेरभन्दा कम रहेका पनि १० जना छन् । जसमध्ये धेरै राजनीतिभन्दा बाहिर रहेर पनि सफल र शक्तिशाली भएको देखिन्छ ।
यो सूचीमा सबैभन्दा कान्छा शक्तिशाली व्यक्ति मार्क जुकरबर्ग छन् । २२ औं शक्तिशाली व्यक्तिका रूपमा उनलाई सूचीमा राखिएको छ । ३० वर्ष भर्खर प्रवेश गरेका जुकरबर्ग सामाजिक सञ्जाल फेसबुकमा आफ्नो हिस्सा र ३० अर्ब डलरभन्दा बढी सम्पत्तिका कारण शक्तिशाली मानिएका छन् । उनको उत्पादन फेसबुक विश्वका धेरै शक्तिशालीलाई नभई नहुने माध्यम भएको छ ।
यही सूचीको ४१ औं वर्षका दुई व्यक्तित्व पनि परेका छन् । सूचना प्रविधि क्षेत्रमा आफ्नो साम्राज्य फैलाएका गुगलका संस्थापकद्वय सरगे बि्रन र ल्यारी पेजलाई फोब्र्सले शक्तिशाली व्यक्तिको ९ औं स्थान दिएको छ । इन्टरनेटको विश्वमा ज्ञानको भण्डार बनेर बसेको गुगलका कारण दुवैलाई उक्त स्थान दिइएको हो ।
स्रोत: एजेन्सी