गजल By, सावित्रा लुइँटेल घिमिरे


 गजल By, सावित्रा लुइँटेल घिमिरे 

 प्यारी छोरीमा समर्पित
 
बिवस्ताको हुरी बतास जति चले पनि
अघि बढुन तिम्रा पाईला आकाश ढले पनि ||

साथ छोड्ने छैन तिम्रो जुनी जुनी सम्म
ममताको कमी हुन्न यो ज्यान गले पनि ||

आशा अनि बिश्वाश गर्छु संधै तिमीलाई
 दुनियाँले आशंकाको मोसो दले पनि ||

जिन्दगीमा अफ्ठेरा पल जति सुकै आउँन
डग्न दिन्नौ इमान भाग्यले नै छले पनि ||

धर्ति होस तिम्रो मुटु आकाश तिम्रो छाती
सहन शक्ती मिलोस मन्मा आगो बले पनि ||

सावित्रा लुइँटेल घिमिरे 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com