बेलायती नागरिक मुक्त कमैयाको घर बनाउन व्यस्त I

बर्दिया, २७ कात्तिक ।,

जिल्लाको मुक्तकमैया बस्तीमा बेलायती नागरिक मुक्त कमैयाको सुरक्षित पक्की घर बनाउन व्यस्त छन् । एक्सन एडको सहयोगमा राधाकृष्ण थारू जनसेवा केन्द्र बर्दियाले घर निर्माण कार्य सुरु गरेको हो ।

कालिका गाविस-५ जनता नगरमा १२ महिला र चार पुरुष गरी १६ जना बेलायती संस्थाका स्वयम्सेवक ६४ मुक्तकमैया परिवारका लागि सुरक्षित पक्की तथा कम खर्चिलो घर निर्माण कार्यमा व्यस्त भएका हुन् ।

हालसम्म मुक्तकमैयाका लागि नगरपालिका, ढोडरी र कालिका गाविसको विभिन्न मुक्तकमैया बस्तीमा ३३८ वटा घर निर्माण गरिसकिएको र यस वर्षकरिब रु एक करोड तीन लाखको लागतमा ६४ वटा सस्तो तथा सुरक्षित पक्की घर निर्माण गरिन लागेको केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बताउनुभयो ।

बर्दियामा ११ हजार ८७५ मुक्तकमैया परिवार रहेकामा नौ हजार ६८९ परिवारको पुनः स्थापना भइसकेको छ । दर्ुइ हजार १८६ मुक्तकमैया परिवारलाई पुनः स्थापना गर्न बाँकी छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com