गजल By, मानन्धर अभागी


गजल By,   मानन्धर अभागी 

जे जस्तो भएपनि आफ्नै काली मनपर्छ
वेलावेलामा कालीको मलाई गाली मनपर्छ

थाहा हुन्न आफूलाई कताकतै गल्ती भै हाल्छ
छैन के गर्नु , भए त एउटा साली मनपर्छ

अघि देखि हेर्दैछु हेरेरै चित्त बुझाउँदैछु दे
ख्दैछु \त्यो वहिनीको रातो लाली मनपर्छ

सुरिलो त्यो आवाजमा मीठास जो गाएको
तिम्रो त्यो गजल भन्दा त्यो कवाली मनपर्छ

यदि यो मेरो कुराले हजुरहरू खुशी भए
मेरो वावुलाई जस्तै मलाई ताली मनपर्छ ।

  मानन्धर अभागी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com