‘कृषि दशक’ घोषणा गर्ने तयारी I

काठमाडौँ, १७ कात्तिक ,

सरकारले चालु एक दशकलाई ‘कृषि दशक’ घोषणा गर्ने योजना गरिरहेको छ । आज यहाँ आयोजित साक्षात्कारमा कृषि विकासमन्त्री हर्रि्रसाद पराजुलीले नेपालको कृषि बजेटमा गत वर्षो तुलनामा रु एक अर्ब बजेट बढी छुट्टयाइएको जानकारी दिँदै कृषि क्रान्ति सफल पार्न यसमा आधुनिकीकरण गर्नुपर्ने औँल्याउनुभयो ।
कृषि क्रान्तिको आधार तयार भइसकेको बताउँदै उहाँले भन्नुभयो, “विदेशबाट अझै वाषिर्क रु एक खर्बको खाद्यवस्तु आयात गर्नुपर्ने अवस्था न्यूनीकरण गर्न यस वर्षएक हजार १०० युवालाई कृषि प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।

यस वर्ष धानको र्समर्थन मूल्य रु दर्ुइ हजार २८८ निर्धारण गरिएको छ । आगामी पाँच वर्षभत्र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउन कम्तीमा पाँच गाई र पाँच भैँसी पाल्ने कृषकलाई अनुदान दिने योजना भइरहेको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com