सुनकोशीमा सिर्जनाका सहयोगी हातहरू (Video Report)

माँखा, सिन्धुपाल्चोकआश्विन २७,

गत साउन १६ गते मध्य राती सिन्धुपाल्चोकको माँखामा पहिरो गएर बस्ती बगाउनु र सुनकोशी थुनिनु नेपालीकै लागि त्राशदी र दुखद् खवर थियो । त्यो खवरले साहित्यिक मन झन स्तव्ध भए । नेपाली मुक्तकको विकास र विस्तारमा समर्पित नेपाल मुक्तक प्रतिष्ठानले आफ्नो स्थापनादेखि नै सिर्जनाबाट पनि सहयोगी हात बढाउन सकिन्छ भन्ने सोच राखेको थियो ।

प्रतिष्ठानको वैदेशिक शाखा विस्तारसँगै त्यस्ता सहयोगी हातहरु बढ्दै गए । प्रतिष्ठानको इजरायल र मलेशिया शाखाको पहलमा सिन्धुपाल्चोकको माँखामा गएको बाढी पहिरो पीडितका लागि सहयोग संकलन शुरु भयो । दुवै शाखाबाट हालसम्म संकलित ४ लाख रुपैँया त्यही पहिरोले नाम निशाना मेटाएको बनसाँघु मा. वि. मा प्रतिष्ठानका तर्फबाट असहाय तथा जेहन्दार छात्रवृत्ति कोष स्थापनार्थ हस्तान्तरण गरियो ।

आजको समारोहमा सो विद्यालयमा शिक्षकहरुको स्टाफ मिटिङ बसी छनौट भएका ३ जना विद्यार्थी पदम तामाङ, देउती खत्री, मनिषा तामाङ, विद्यालयका संस्थापक इन्द्रलाल श्रेष्ठ र प्र.अ. बलराम तिमिसिनालाई ४ लाखको चेक हस्तान्तरण छात्रवृति रकम हस्तान्तरण पछि प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले ७० सालमा सुदूर पश्चिममा बाढी जाँदा पनि यस्तै सहयोगी हात बढाएको संस्मरण गर्दै यस पटकको सुनकोशीको पीडामा विदेशका साहित्यिक साथीहरुबाट जुटेको सहयोग रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।

प्रष्ठिानका महासचिव रमेश पौडेलले नेपालीहरु जहाँ पुगे पनि आफ्ना- आफन्तको दु:खमा साहित्यकारहरु नै बढी दुख्ने भएकाले यो छात्रबृत्ति कोषको स्थापना हुन पुगेको बताउँदै इजरायल र मलेशिया शाखाका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिनु भयो । इजरायल शाखाकी सदस्य श्रेष्ठ बसुले यो पहिरोको खवरले स्तव्ध भएर आकस्मिक बैठक बसी सहयोग रकम उठाउन थालेको र बाढी पहिरोमा पर्नेलाई प्रत्यक्ष सहयोग पुग्ने गरी सहयोग रकम पुर्‍याउने सोच हाम्रो शाखाकी अध्यक्ष सुचित्रा खनियाजीको भएकोले हस्तान्तरण समारोहमा शाखाको तर्फबाट उपस्थित हुन पाएकोमा खुशी व्यक्त गर्दै यस्तो सहयोग भविष्यमा पनि गर्दै जाने बताउनु भयो ।

छात्रबृत्ति रकमको चेक बुझ्ने पदम तामाङ, देउती खत्री र मनिषा तामाङले साहित्यकारहरुबाट प्राप्त सहयोग रकमको सही सदुपयोग हुने बताउनु भयो । विद्यालयका प्रधानाध्यापक बलराम तिमिसिनाले अन्य समाज सेवी संस्थाबाट यस्ता सहयोग प्राप्त भए पनि साहित्यिक संस्थाबाट यो नै पहिलो भएको बताउनु भयो । 4 छात्रबृत्ति रकम हस्तान्तरण समारोहमा बोल्दा बोल्दै कक्षा ६ मा अध्ययनरत देउती खत्री र प्र.अ. बलराम तिमिसिनाको गला अवरद्ध भई रोए पछि समारोहमा सन्नाटा छाएको थियो । सो समारोहमा सहभागी हुन सुनकोशीको बनसाँघु मा.वि. मा पुग्नुहुने प्रतिष्ठानका पदाधिकारीहरुले बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकन र निरीक्षण गर्नु भएको थियो ।न्युज अभियान :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com