'' झ्याउरे छन्द कविता ''
परेलीहरु बिछ्याई हेरे मुटुले तानेर
चोइटियो मन त्यसैलाई बालेँ आत्मा मै हालेर
तपस्वी जस्तै योगले पुग्छु चैतन्य गंगामा
फ़र्कन्छु एक्लै खोजेर प्राण कठोर ढुंगामा
जीन्दगि होइन खेलौना कुनै खेलेर मिल्कायो
अतीत बस्छ आखामै आई डढाई वहायो
प्रतीज्ञा कुर्छ कुनामा बसी मुस्कान छरेर
उढेको मन बालेको दीयो आत्माले सम्झेर ।
कल्पना शागर यथार्थ भन्दा धेरैले विसाल
तर्कको घर त्यो भन्दा गाह्रो कसिलो सन्जाल
भीरको बाटो थाकेको देह घाम डुवे माझैमा
कसरी भेट होलार साथी आजको साँझमा
अज्ञान धेरै सम्पति देख्छ गर्वले फुलेर
कंगाल आत्मा वोकेर हिड्छ चितीलाई भुलेर
छोपेका आखा उज्यालो देख्ने विचित्र संसार
कर्मको गति को भन्न सक्छ? रहश्य अपार ।
निशा खनाल अर्याल
इजरायल