अर्थ सचिब शर्माले डिसीमा भने ''चिन र भारतको उच्च आर्थिक वृद्धिले नेपाललाई दबाब पर्नु स्वाभाविक '' Interview . . .

भर्जिनिया आश्विन २८,

विजय थापा : विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको बार्षिक साधारण सभामा सहभागी हुन् आउनु भएका अर्थ सचिब सुमन प्रसाद शर्माले भारत र चिन दुवै मुलुकको उच्च आर्थिक वृद्धि दर रहेको अवस्थामा नेपालले कस्तो दिर्घ कालिन रणनीति  तथा योजना तर्जुमा गर्ला भन्ने राखिएको सवालमा चिन र भारतको उच्च आर्थिक वृद्धिले नेपाललाई दबाब पर्नु स्वाभाविक भएको चर्चा गर्दै सरकार यसमा गम्भीर रहेको र यसमा मन्त्रालयले काम गरि रहेको बताउनु भयो ।

करिब अढाई बर्षको अवधिमा ४- ५ वटा मन्त्रालयमा छिटो छिटो सरुवा भएको बिषय तथा एक मन्त्रालयको कुरा बुझ्न नपाउदै अर्को मन्त्रालयमा सरुवा हुदा कसरि व्यवस्थापन गर्न सक्नु हुन्छ भन्ने सवालमा वहाले क्षेत्रीय प्रशासकमा करिब ९ महिना र महालेखामा पनि ९ महिना बिताई संचार सचिब ३ महिना काम गरेर अर्थ मन्त्रालयमा भर्खरै सरुवा भएको हो भन्दै प्रारम्भिक चरणमा केहि अप्ठ्यारो भएता पनि त्यसमा व्यवस्थापकीय कौसलताको कुरा भएकोले सचिब स्तरको काम व्यवस्थापकीय भएकोले चुनौती भएता पनि अवसर भएकोले कुनै अप्ठ्यारो नभएको बताउनु भयो ।

सन् २०२२ सम्म नेपाललाई अल्प बिकशित राष्ट्रबाट विकासशील राष्ट्रमा रुपान्तरित गर्ने लक्ष्य रहेको बताउनु भयो । औसतमा दैनिक डेढ अरब रुपैया भित्रिने भएकोले विप्रेषणले राष्ट्रको ठुलो अर्थ तन्त्रलाई थेगेको चर्चा गर्दै कसरि अझ यसलाई वृद्धि गर्ने कुरामा जोड दिनु भयो ।
बिदेशमा बस्ने नेपालीहरुले संबिधान बन्छ कि बन्दैन भन्ने कुरामा शंका उपशंका रहेको अवस्थामा आम नागरिकको हैसियतले भन्नु पर्दा संबिधान बन्छ कि बन्दैन भनि जिज्ञाशा राख्दा यो राजनैतिक प्रश्न हो भन्दै जुन उत्साह र उमंगले निर्वाचन सम्पन्न भयो त्यस अनुसार आम नागरिकको हैसियतले संबिधान बन्नु पर्ने बताउनु भयो ।

पर्यटन ,कृषि र जलश्रोतले नेपालको अर्थ तन्त्रमा आमुल परिवर्तन गर्ने छ भन्दै जलश्रोतको लागि छिमेकि मुलुक भारतलाई अत्यधिक उर्जा आवस्यकता पर्ने भएकोले उर्जाका भोका भएकालाई पुराउन सके नेपालको अर्थतन्त्र बलियो हुने बताउनु भयो ।

चिन र भारतको आर्थिक सम्वृद्धि संगै उनीहरुको जीवन शैली उच्च हुदै गएकोले ''एक्स्कुसिव प्रोडक्ट '' बिशिस्ट उत्पादन निकाशी गर्ने ,अरज्ञानिक (प्रांगारिक )उत्पादनको अत्यधिक मांग भएकोले यस तर्फ बिशेष कदम चाल्नु पर्ने कुरामा जोड दिनु भयो । पारवहन सेवा तथा पारवहन व्यवस्थापनले मुलुकको अर्थ तन्त्रमा परिवर्तन आउने कुरामा विश्वस्त रहेको बताउनु भयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com