जिन टिरोललाइ यस वर्षको नोबेल पुरस्कार I

आश्विन २८ ,

फ्रान्सेली अर्थशास्त्री जिन टिरोलले यस वर्षको नोबेल पुरस्कार जितेका छन् । बजारको शक्ति र नियमन सम्बन्धी खोज अध्ययनका लागि उनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको हो ।

६१ वर्षीय टिरोलले ६ लाख ९२ हजार पाउन्डबराबरको पुरस्कार राशि पाउने भएका छन् । अर्थशास्त्र विधामा नोबेल पुरस्कार सन् १९६८ देखि प्रदान गर्न थालिएको हो । नोबेल पुरस्कार समितिका अनुसार टिरोलको खोजअध्ययनबाट नियमक र प्रतिस्पर्धी निकायहरूले एकदै नयाँ कार्यशैली थाहा पाएका छन् । टिरोल यसपटक नोबेल पुरस्कार पाउने दोस्रा व्यक्ति हुन् ।

उनी समकालीन समयकै प्रभावशाली अर्थशास्त्रीमा गनिन्छन् । 'म एकदमै आभारी छु,' उनले प्रतिक्रिया दिए । टिरालले उद्योगहरूको नियमनमा कमजोरी हुदा त्यसले उपभोक्ता बजारमा पार्ने असरबारे प्रभावशाली खोजअध्ययन गरेका छन् । लन्डन (बीबीसी):

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com