| जसको उपचार हुँदैछ: इबोला संक्रमितको उपचार गर्दा रोग सरेर आफ्नै उपचार गराइरहेकी स्पेनकी नर्स टेरेसा रोमेरो मंगलबार राजधानी म्याडि्रडस्थित कार्लोस थर्ड अस्पतालमा । तस्बिर: एएफपी/रासस |
राष्ट्रसंघमा कार्यरत एक स्वास्थ्यकर्मीको इबोलाबाट जर्मनीमा मृत्यु भएको छ । लिपजिगस्थित सेन्ट जर्ज अस्पतालमा इबोलाको परीक्षणीय औषधि लिँदालिँदै ५६ वर्षीय सुडानी नागरिकको मृत्यु भएको हो ।
उनले राष्ट्रसंघको मेडिकल अधिकृतका रूपमा लाइबेरियामा काम गरेका थिए । उनी उपचारका लागि गत बिहीबार जर्मनी आएका थिए । त्यहाँ उनलाई विशेष कक्षमा राखिएको थियो । 'उच्च प्रयासका बाबजुद उनी रोगको सिकार बन्न पुगे,' अस्पतालको विज्ञप्तिमा भनिएको छ । उनी राष्ट्रसंघबाट लाइबेरिया स्वास्थ्य मिसनमा गएकामध्ये इबोलाबाट ज्यान गुमाउने दोस्रो व्यक्ति हुन् ।
इबोला महामारीका कारण हालसम्म ४ हजार ४ सय जनाले ज्यान गुमाइसकेका छन् । महामारीले खास गरी पश्चिम अफ्रिकालाई आक्रान्त पारेको छ । केही विशेष क्षेत्रमा संक्रमण घटदै गएको भनिए पनि पश्चिम अफ्रिकी मुलुकका राजधानीका अस्पतालहरूमा बिरामीको चाप बढिरहेको छ । यसैबीच, इबोलाको अन्तर्राष्ट्रिय उपस्थितिसँगै अमेरिका र बेलायतले विमानस्थलहरूमा उच्च निगरानी थालेका छन् । स्पेनकी संक्रमित नर्स टेरेसा रोमेरोमा केही सुधारका संकेत देखिएको बताएका छन् ।
राष्ट्रसंघका इबोला मिसन लिडर टोनी बानबरीले संसारभरका सरकारहरूले महामारी नियन्त्रणमा उच्च प्रयास गर्नुपर्ने बताएका छन् । लन्डन (बीबीसी