भर्जिनिया आश्विन ३१,
विजय थापा
आगामी अक्टोबर १८ तारिख ,अमेरिकाको टेक्सास राज्यको हुस्टनमा एसोसिएसन अफ नेपाली तराईन इन अमेरिका (आन्टा)तेश्रो सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी अधक्ष्य ललित झाले दिएका छन् ।
उक्त एक दिवसीय सम्मेलनमा अमेरिकाका विभिन्न राज्यहरुबाट वक्ता ,अतिथि ,आमन्त्रित बिशेष व्यक्तित्वहरु सहभागी हुने भएका छन् । उक्त कार्यक्रमको लागि भौतिक योजना तथा निर्माण मन्त्रि बिमलेन्द्र निधिलाई आउने भनिएता पनि वहाको कार्य व्यस्तताले गर्दा अमेरिका आउने कार्यक्रम रद्ध भएको जानकारी अधक्ष्य झाले बताए ।
सम्मेलनको मुख्य नारा सांस्कृतिक एकीकरणको माध्यमबाट मधेशी पहिचानको प्रबर्धन गर्ने रहेको छ । तेश्रो सम्मेलनको लागि कार्यक्रम सुची पूर्ण तयारी भै सकेको छ । उक्त कार्यक्रमको समुद्घाटनमा अमेरिकामा रहेका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुलाई वक्ताहरुको सुचिमा राखी अग्रिम नाम समेत प्रकाशित गरिएको छ ।
प्रमुख अतिथि प्रा डा बिरेन्द्र कुमार मल्लिकलाई तय गरिएको छ भने नेपाली दुतावासका कार्य वाहक राजदुत ऋषि राम घिमिरे बिशेष अतिथि रहनु हुनेछ । संस्थापक अधक्ष्य रतन झा ,पुर्व अधक्ष्य तथा अमेरिकाको तर्फ बाट गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिको सदस्य डा बिनोद शाहको पनि सहभागिता हुने भएको छ ।
दिनभरी चल्ने सत्रहरूमा, नेपाल र अमेरिकामा तराईन र सामाजिक सांस्कृतिक एकीकरण र आन्टाको भूमिका , तराईन महिला नेपाल र अमेरिकामा ; अवसर ,चुनौती तथा आन्टाको भूमिका , तराईन ब्यबसायी तथा उद्यमी ; दर्शन ,चुनौती तथा आन्टाको भूमिका बारेमा व्यापक मस्तिस्क मन्थन ,कार्यशाला गोष्ठी तथा छलफल हुने जानकारी अधक्ष्य ललित झाले गराएका छन् ।
यसै गरि नेपाली तराई संघ अमेरिकाको( आन्टा) को गोलमेच तथा सांस्कृतिक कार्यक्रम ,पुरस्कार वितरणको साथै बार्षिक प्रतिवेदन आदि समेतको घोषणा गरिने भएको छ ।