हिमपातमा परि तीसको मृत्यु , हेलिकप्टर नहुँदा उद्धारमा अड्चन I

काठमान्डू आश्विन ३१,

नारीदर्पण : अन्नपूर्ण पद मार्गको मुस्ताङ्ग थोरंमापासको  हाइ क्याम्पबाट हिउले पुरिएको अबस्थामा आज थप तीन जनाको सबफेला परेकोछ । भारत पश्चिम बंगालका अनुपराय चौधरी , काभ्रेका सन्त बहादुर तामाङ्ग र एक परिचय नखुलेका पर्यटकको सब फेला परेको छ । 

थोरंमापासको हाइ क्याम्प बाट आज नौ जना नेपाली, दुइ अस्ट्रेलियन, चार फ्रेन्च, दुइ जर्मनी र दुइ जना भारतीय पर्यटन तथा मुस्ताङ्गकै कागबेनीबाट डोल्पा हिडेका छ नेपाली र तीन स्विस पर्यटनलाई भोग भन्ने स्थान बाट उद्धार भएकोछ । यस्तै उद्धार टोलीले डोल्पाको छार्काभोट लेक बाट नगर्वाच्का आठजना, नेपाली सात जना , उपल्लो मुस्ताङ्गको दामोदरपुंड नजिकको सारेबुंग हिमाल आरोहणमा गएका नौ जना क्यानेडियन र चौबिस जना नेपाली सहित तेत्तिस जनाको उद्धार भएको स्रोतले जनाएको छ । यसैगरी मनाग बाट तिपिसुताल्मा गएका चार नेपाली र दुइ इज्रेलिको उद्धार गरि जोमसोम ल्याइएको छ । उद्धार गरिएका मध्ये छ जनाको अबस्था निकै गम्भीर रहेको छ । 

सरकारले हेलिकप्टर उपलब्ध नगराउँदा अन्नपूर्ण पद मार्गको मनाङ्ग क्षेत्रमा हिमपात पछि फसेका पर्यटकको उद्दाह्र्मा समस्य आएको छ । मनाङ्गको टीसाफ , हाइ क्याम्प र क्या खर्कमा केहि पद यात्रीहरु अलपत्रमा परेका खबर आएपनि उद्धार गर्न नसकिएका त्यहाँ स्थित खटिरहेका सुरक्षा निकायले जनाएका छन् ।

मनाङ्गका प्रमुख जिल्ला अधिकारि देवेन्द्र लामिछानेले उद्धारका लागि आग्रह गरेको पनि हेलिकप्टर नभएकाले मुकदर्शक भएर बस्नु पर्ने बताउनु भयो । 

अन्नपूर्ण पद मार्ग क्षेत्रमा गत सोमबार देखि परेको हिमपात परि कम्तिमा ११ बिदेशी पर्यटक सहित तीस भन्दा बढीको मृत्यु भैसकेको छ । करिब तीनसय जना सुरक्षकर्मी उधरमा प्रत्यक्ष खटिका थिए मृत्यु भएका मध्ये सात जनाको सब काठमान्डू ल्यइएको नेपाली सेनाले जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com