रत्न नगरमा सत्ताइस सयले दन्त उपचार सेवा I

रत्ननगर (चितवन) असोज ३१,

जिल्लाका विभिन्न गाउँका दुई हजार ७०० जनाले दन्त उपचार सेवा पाएका छन् । सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट, जर्मनी संस्था ओपन आइज तथा नेपाल डेन्टल एसोसिएसनको प्राविधिक संयुक्त आयोजनामा भएको छदिने दन्त शिविरमा ग्रामीण भेगका बासिन्दाले दन्त उपचार सेवा पाएका हुन् ।

सेवा लिएकामध्ये एक हजार ४०० जनाको दाँतको विशेष उपचार गरिएको सोसियल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिए । पूर्वी चितवनको बछ्यौली, कुमरोज र चित्रसारी दक्षिण चितवनको माडी, पश्चिम चितवनको मङ्गलपुर तथा नवलपरासीको दुम्कौलीस्थित मुसहर बस्तीमा सञ्चालन गरिएको शिविरमा नेपाली र जर्मनी चिकित्सकले उपचार सेवा प्रदान गरेका थिए । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com