सञ्जीवनीको काठमाण्डौ शाखा विधिवत रुपमा सुरुवात I

काठमाण्डौ कार्तिक ३,

सागर श्रेष्ठ : विगत लामो समय देखी प्राकृतिक जैविक पद्धतिबाट क्यान्सर, हेपाटाइटिस, मुटु, मधुमेह, प्रेसर जस्ता जटिल मानव स्वास्थ्य समस्या समाधान गर्न सफल सञ्जीवनी ग्लोवल प्रा.लि. हेटौंडाको शाखा आज एक समारोहको विच काठमाण्डौमा विस्तार गरिएको छ ।

संस्थाको अध्यक्ष डम्बरी कुमारी गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी चर्चित हाँस्य टेली सिरियलका हाँस्य कलाकार सुविर पण्डित जसलाई दारी बा भनेर पनि चिनिन्छ हुनुहुन्थ्यो भने विशेष अतिथिमा आयुर्वेद जडिबुटी विज्ञान पुस्तकका लेखक विद्धान योगी धर्म महारस र अन्य विशिष्ठ व्यक्तिहरुको उपस्थित रहेको उक्त कार्यक्रम ्रवन्ध निर्देशक तुलसी गिरीले सञ्चालन गर्नु भएको थियो ।

उल्लेख्य व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सरल जीवन विताउनलाई सञ्जीवनीले खेल्ने भूमिका सम्वन्धी चर्चा भएको थियो । हेटौंडामा समेत ख्याति कमाएको यस संस्थाले काठमाण्डौमा पनि आफ्ना ग्राहकहरुको मन जीत्न सक्ने सम्भावना रहेको छ । कार्यक्रमको अन्तमा चियापानको व्यवस्था गरीएको थियो । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com