गाईलाई संरक्षण गरौं पुन्य कमाउ I

असोज २३,

सरिता पौडेल : देवघाट क्षेत्रविकास समितीको श्रेत्रभित्र रहेको वागेश्वरी आध्यात्मिक परि षद् योगी नरहरीनाथ आश्रम संरक्षणको अभावमा ओझेलमा परेको छ । धार्मिक , आध्यात्मिक , पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यस स्थानमा १५औं १६औं शताब्दीका भग्नाबशेषहरु इनारहरु र त्यसबेलाका बाघका मुर्तिहरु रहेका छन् ।

आश्रमको संरक्षण र गाईको संरक्षणका लागि १० हजार दिनेलाई आजिवन सदस्य, २५हजार दिनेलाई गौसेवा विशिष्ट सदस्यको पंमाणपत्रले सम्मा, ५० हजार दिनेलाई गौसेवा श्रदेय सर्जक सम्मान र १ लाख दिनेलाई गौसे वा संरक्षक प्रमाणपत्रले सम्मान गरिनुका साथै राष्ट्रिय पर्वहरुमा घरमै गाईको दुध ,गोवर गहुत पुर्याइदिने व्यवस्था मिलाउने पौडेलले बताउनुभयो ।,

अहिलेसम्म गाईको संरक्षणका लािग भनेर वरिष्ट समाजसे वी तथा पुर्व सासंद मैयादेवी श्रेष्ठले र भनपा ६ लबकुका समाजसेवी केशव प्रसाद सुवेदीले १÷१ लाख रुपैंया दान गर्नुभएको छ । यस्तै समिती संयोजक टंकनाथ पौडेल, बुटबलका सुल श्रेष्ठ र भनपा ११ का भरतमणि खरेल आजिवन सदस्य बन्नुभएको छ । गौ संरक्षणका लािग समितीले अहिले. गौशला निमार्ण गरिरहेको छ ।

गौशला आधुनिक र बैज्ञानिक ढंगको गौशला बनिरहेको छ समिती संयोजक पौडेलले भन्नुभयो यसमा गाई नवाधि खुला छाडिनेछ । आगामी दिनमा यस समितीले समितीले गाइको गहुतबाट अर्क बनाएर बेच्ने लक्ष्य समेत लिएको छ । गाईको गहुत पकाएर बाफबाट निस्किएको थोपा अर्थात अर्क ग्याष्ट्रिक अल्सर र क्यान्सर रोगको समेत औषधी हुने पौडेलको भनाई छ ।

गाईको अर्कको बजारमा माग बढ्दो भएकाले यो अभियान सुरु गरेका हौं उहाँले भन्नुभयो । बजारमा ३ सय रुपै ंयामा अर्क बिक्रि हुन्छ । यस्तै गाईको गोवरबाट सावुन बनाउने र दुध संकलन गरि बिक्री वितरण गर्ने समेत समितीले सोच बनाएको छ । यसका लागि मंसिरबाट विधिबत रुपमा गौशालाको काम हुनेछ । गौशाला निमार्णका लाथि कृषि मन्त्रालयबाट सात लाख रुपैंया आउने भएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com