कविता By, श्रीभक्त पौडेल ¨आफन्त¨


कविता '' श्यामश्वेत तस्विर ''
श्यामश्वेत तस्विर जस्तै लाग्छ जीवन हिजोआज,
जीवनका बहुरुप देखाउने रंगहरु फूङ्ग उँडेको ।

किन होला,हिजोआज जीवन
श्यामश्वेत तस्बिर जस्तै लाग्छ 
पुरानो,रङहरु केही उडेको जस्तै
कोर्दा कोर्दै क्यानभासमा छोडेको
एक अभिसप्त घरको बैठक कोठामा,
बेढंग कोठामा,दशकौ धुलो नझारेको जस्तो
यो बषन्तमा पनि मुस्कुराउदै फुल्न नसकेको
खै कुन फुल भनु,,त्यस्तै लाग्छ। 

रहर मरेका छैनन्,सपना सरेका छैनन्
तर पनि जिन्दगीका हिसाबहरुमा
कही कतै समिकरण बाझिए जस्तो
हुन त रङहरु पनि बेइमानी हुन्
बहुरुप देखाउछन् जिन्दगी कै
कतै सुहाएका रङहरु कतै बेढंग लाग्छन्
मन नरमाउदा, तिनै बेरङ लाग्छन्
हो आज म आफ्नै जीवन
श्यामश्वेत आफ्नै तस्बिर सँग दाज्दै छु
जीवनका बहुरुप देखाउने रङहरु सँग दाज्दै छु
फुङ्ग रङ्ग उडेका रङ्गिन तस्बिरहरु सँग दाज्दै छु

हुन त सोचेको पनि छैन
भोगेको पनि छैन तै पनि
बेमतलब झरेका सुकेका 
माफल पातहरु जस्तै
बतासीएका छन् जीवनका पलहरु,,
त्यसैले,, म रङहरुको खोजिमा छु

जीवनका बेजोड रङ्गहरु 
ईन्द्र धनुषको रङ्ग टिप्न मनलाग्छ
निलो आकाश र उज्यालो चन्द्रमाको रङ्ग
आफ्नो जीवनमा सजाउन मन लाग्छ
कुनै सायर कबिले भने जस्तो
बषन्त बहार अनी रिमझिम बर्षाका रङ्गहरु

अनी अझै सिङार्न मन छ मलाई
मेरो जीवन जस्तै बेरङ्ग लागेको
यो संसार अनी दुनियाँ
सायद यही बेरङ्ग संसारले नै
आफु जस्तै बनाउदै छ
म मलाई र मेरो जीवनलाई

श्यामश्वेत तस्विर जस्तै लाग्छ जीवन हिजोआज,
जीवनका बहुरुप देखाउने रंगहरु फूङ्ग उँडेको । 
----
श्रीभक्त पौडेल ¨आफन्त¨
२० अप्रिल, २०१४ 
सान सेबास्टिअन 
स्पेन,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com