भर्जिनिया, कार्तिक ६
विजय थापा : अमेरिकाको डिसी महानगर क्षेत्रमा कुकुर पाल्ने नेपाली समुदायले कुकुर तिहार मनाएका छन् । बिदेसिएता पनि आफ्ना चाड पर्वलाई निरन्तरता दिदै कुकुर तिहारमा कुकुरलाई अमेरिकामा दिईने बिशेष प्रकारका स्वास्थ्य वर्धक खाना खुवाई पुजा गरिएको छ ।

कुकुरलाई भैरवको बहान मानिन्छ । अमेरिकामा अपराध गतिबिधि निक्कै घट्ने हुनाले कुकुरले सुँघेर अपराधीहरू पत्ता लगाउने गर्दछ भन्दै घरको हेरचाह पनि गर्ने भएकोले आजको दिन यसलाई पुजेका हौ भनि डिसी महानगर क्षेत्रका एक परिवारले बताए ।
चाड पर्व ,संस्कृति र परम्परालाई सम्बर्धन र प्रबर्धन गर्दै टीका तथा माला लगाइएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरेका छन् भने केहि नेपाली समुदायले कुकरलाई डोराएर उ संगै हिडेर घनिष्ठ मित्रता झल्काई दिएका छन् । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर भएकोमा नेपाली परिकारको जस्तो खाना नदिई पुरियामा पाईने खानेकुरा दिइएको बताए ।