सगुनले डिसी बिज्ञान मेलामा प्रदर्शनी I

कार्तिक ६ ,भर्जिनिया

विजय थापा ; अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित नेपाली सामाजिक संजालले पहिलो पटक अमेरिकाको राजधानी डिसीको राष्ट्रिय संग्रालयमा लागेको बिज्ञान प्रबिधि मेलामा सहभागिता जनाएको छ । 

र,उक्त अवसरमा विश्वका दर्शकहरुलाई नेपाली सामाजिक संजाल बारेमा जानकारी गराईएको बताईएको छ ।  उक्त मेलामा १७० वटा प्रदर्शनी कक्ष​ रहेको थियो भने वाशिंगटन पोस्ट ,न्युयोर्क टाईम्स ,यु एस कांग्रेसका टोनी कर्डनले सगुन बारेमा बिशेष चाख लिएका थिए ।

उक्त कार्यक्रममा सगुनको प्रचार सामाग्रीहरु प्रदर्शनी गरिएको थियो ।  सहभागीहरुले अभिरुचि पुर्वक सगुनका बारेमा राखिएको जिज्ञाशाले हामी उत्साहित भएका छौ भनि सह संस्थापक कबिन सिटौलाले बताए ।

संस्थापक गोविन्द गिरि ,कविन्द्र सिटौला , पियुशिका घिमिरे तथा २ वटा स्वयम् सेवकहरु लाई सवालको जवाफ दिन भ्याई न भ्याई भएको थियो ।  यस प्रकारको अन्तर्राष्ट्रिय बिज्ञान तथा प्रबिधि मेलामा नेपालीहरुको श्रीजनात्मक कामले नेपाल र नेपालीहरुको नाम केहि बढन गएको महसुस गरिएको बताईएको छ ।
केवल ३ महिना अगाडी जन्मिएको सगुन आज अन्य प्राबिधिक प्रतिष्ठानहरुले सहकार्य गर्न अभिरुचि देखाएको बताईएको छ ।   एक लाख दर्तावाल प्रयोग कर्ता भै सकेको जानकारी दिदै १० लाख संचार आदान प्रदान गरिएको संस्थापक गोविन्द गिरिले बताए।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com