संस्कार र रीतिरिवाजका धनी हामी नेपाली, बिभिन्न धर्म ग्रन्थहरूमा छताछुल्ल गरी पोखिएका हजारौ कथा मध्य यो धर्म ग्रन्थमा आधारित कथा जानी नजानी राख्ने क्रममा धनकी देवी श्रीलक्ष्मी पुजा महत्व र भैली,देउसीको दिने खुशी ,,
सत्य युगको कुरा हो पृथ्वीमा बलि नाम गरेका बढो प्रतापी, दानी राजा थिए । उनको भण्डार द्रब्यले सधै भरी पूर्ण भरिएको हुन्थ्यो । जो केही पनि माग्न गए खाली हात फर्काउदैनथे । उनको कीर्ति चारैतिर फैलिएको थियो । उनको यो प्रतापले स्वर्गको इन्द्र नै डगमगायो ।
"एक दिन महाराज युधिष्ठिरले भगवान श्रीकृष्ण संग नम्रता पुर्वक सोध्नु भयो ,हे इश्वर ! हे नाथ मलाई हजुरले कृपा गरेर कुनै यस्तो व्रत वा यज्ञ होम बताउनु होश जसलाई मैले गरेर आफ्नो सखाप भएको राज्यलाई पुनः प्राप्त गर्न सकूँ किन कि यो राज्यलाई गुमाउनु पर्दाको दुखले मा पलपल तड्पी रहेकोछु ,अत्यन्तै दुखि छु !
भगवान श्रीकृष्ण जीले भन्नु भयो कि हे युधिष्ठिर मेरो अति नै परमभक्त दैत्यराज वली ले सय अस्रमेघ यज्ञ गर्ने संकल्प गरे वापत निनानबब्बे ९९ यज्ञ उसले निर्विध्न रुपले पुरा गरे तर सयौं यज्ञ लाई पूर्ण गर्ना साथ उसको आफ्नो राज्यमा निर्वासित हुने डर र भयले सताउँन लाग्यो ।
त्यस पछी देवताहरुलाई साथ लिएर इन्द्र क्षिरसागरमा निवास गरि राख्नु भएको भगवान श्री विष्णु निर पुगेर वेदको मन्त्र उचारण गर्दै स्तुति गर्दै आफ्नो सम्पूर्ण कष्टहरु पनि भगवान विष्णुको अगाडी पोखे ! यसरी आधारना गर्दै आफ्नो पीडालाई बताएको सुनेर भगवान श्रीविष्णुले भन्नु भयो तिमि निर्धक्क र निर्भय भएर आफ्नो स्थानमा जाऊ म तिम्रो सबै दुख,कष्टलाई तुरुन्तै निवारण गरि दिनेछु ! तिम्रो संकट चाडै हट्नेछ !
यस्तो भगवानको आज्ञा पाए पछी इन्द्र त्यहाबाट हिडे पछी श्रीविष्णु भगवानले आफ्नो रुप एउटा सुन्दर ब्राह्मणको रुप् धारण गरि वटुबेशमा राजा वलीले यज्ञ गरि रहेको ठाउँमा जानु भइ भिख माग्नु भयो सुन्दर वालक रुप मोहित रुपमा आएका भिक्षुलाई देखेर राजा वलिले भिक्षा दिन खोज्दा नलिएको देखेर आधा राज्य सम्म दिदाँ पनि नलिए पछी जे मागे पनि दिने आफुले दिने तर यस्तो पवित्र कार्यमा हात खाली नजानुस भनेको उनको उद्दार भावना देखेर ब्राह्मण रुप विष्णुले वचन बद्ध गराई भगवानले यज्ञ गरि रहेको ठाउँ भित्रको आफ्नो तिन पाईला जमिन माग्नु भयो यसरी जे मागे पनि दिने दानशील वलि राजाले वचन हार्न नसकी लौ पाईला राख्नुस् भनेर भन्दा श्रीविष्णु भगवानले आफ्नो विराट रुप धारणा गरि एक पाईला जमिनमा राख्दै सम्पूर्ण पृथिवीलाई ओगटिए ,र दोस्रो पाईला राख्दा सपुर्ण अंतरिक्ष (आकाश ) ओगटिए,अब तेस्रो पाऊ कहाँ राखु भनेर सोध्नु भयो त्यसरी छल गरि ब्राह्मण रुपमा श्रीविष्णुको दर्शन पाएका वलिले आफ्नो शिरमाथि राख्न आज्ञा गरे त्यसरी राजा वलिको उद्दरता र दानशीलता मन देखि प्रशन्न भएर उनको शिर माथि पाऊ राख्न साथ उनि पाताल मुनि गएँ त्यस्ता सबैको प्यारा र दयालु दानशील राजा वली देखि खुशी भएर भगवान श्रीविष्णुले तिम्रो इच्छा भएको वर माग भनेको वचन सुने पछी राजा वलिले बर्षमा एक पल्ट पृथिवीको भ्रमण गर्न कार्तिक कृष्णपक्षको त्रियोद्सी देखि आमावस्या अर्थात् तीन दिन दिपावली सम्म यो प्रिथिविमा मैले राज गर्न पाऊ र यो तीन दिन सम्म सम्पूर्ण मानबहरुले दान,यज्ञ ,धुप,दिप गर्दै श्रीलक्ष्मी माताको पुजा आरधना गरुन र यसरी पुजा आरधना गर्नेको घरमा लक्ष्मीको वास होश भनेर भगवान श्रीविष्णु संग मागे पश्चात तथास्तु भनेर राजा वलीलाई भगवान श्रीविष्णुले पातालको राजा बनाएर पठाए पश्चात त्यही समय देखि संसार भरि समय अनुकुल आफ्नो रिति अनुसार विश्व भरि नै यो पर्ब मनाएता पनि हाम्रो हिन्दु संस्कारमा भने बर्षमा आउने कार्तिक कृष्णपकक्षको आमावास्या सम्म अर्थात् लक्ष्मी पुजा सम्म सम्पूर्ण देशका नागरिकले पंचक लागे देखि नै सबैको घर दैलोमा झिली र मिलि गरि बत्ति बालेर लक्ष्मीको पुजा आरधना गर्दै भैलो र देयुसी खेल्दै यो पर्वलाई सदभाव र श्राद्धको साथ मनाउदै वली राजाको नाम उचारण गरि भन्ने गर्दछन ....
आहै भन मेरा भाइ हो देउसी रे ....आहै राम्ररी भन् देउसी रे ...आहै हामी त्यसै आएनौ देउसी रे ..आहै वलिराजाले पठाए देउसी रे ..यस्तै यस्तै ...गरि खुशी मनाउदै वली राजाको गुण गाउदै सबै खुशीले मिली नाच गान गर्दै भैली, देउसी खेल्दै घर घरमा आशिष दिन र आफूभन्दा ठुलाको आशिष थाप्ने चलन आज पनिरहेको छ ।
राम राजाले चौध बर्षको बनवास सकेर अयोध्या फर्कदाको खुशीमा पनि सम्पुर्ण अयोध्याबासीले घर आगन बाहिर भित्र झिलिमिली पारेका र जय जयकारको गुन्जायमान गरेका हुनाले यो खुशी मनाउदै आएको भन्ने भनाइ धर्म ग्रन्थहरूमा पढन पाइन्छ ।
निशा खनाल अर्याल