बिदेशमा बस्ने नेपालीहरुले सम्बृद्ध नेपाल हेर्न चाहेको पाए -कारोबार दैनिकका सम्पादक न्यौपाने I

कार्तिक ३,भर्जिनिया

विजय थापा : विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको बार्षिक साधारण सभामा संचार माध्यमको तर्फबाट सहभागी हुन् अमेरिकाको वाशिंगटन डिसी आई पुगेका कारोबार दैनिकका प्रधान सम्पादक संजय न्यौपाने संग वाशिंगटन डिसीमा भेटघाट कार्यक्रमको आयोजना गरियो

बिदेशमा बस्ने अधिकांश नेपालीहरुले सम्बृद्ध नेपाल हेर्न चाहेको आफुले अनुभूति गरेको भन्दै कोरिया देश बनेको नै विदेश गएका कोरियनहरुले बनाएको चर्चा गरेका थिए

उनले विश्वका बिभिन्न मुलुकबाट पत्रकारहरु सहभागी भएको जानकारी गराउदै नेपालबाट आउने अवसर आफुले पाएको जानकारी गराउदै बिदेशमा बस्नेहरुका लागि नेपालमा लगानी गर्ने सबै भन्दा उत्तम र सुरक्षित भनेको जल बिद्युत भएको बताए
 
उनले कृषि ,जलश्रोत र पर्यटन जस्ता क्षेत्रमा काम गर्न सक्यो भने नेपालको आर्थिक उन्नति हुने बताए सम्पादक न्यौपानेले थप चर्चा गर्दै एक बिदेशीले आफु मर्नु भन्दा अगाडी जानै पर्ने विश्वका १० पर्यटक देशहरुमा नेपाललाई पनि उक्त सुचिमा राखेकोले पर्यटकहरुलाई कसरि नेपाल भित्र्याउने बारेमा उल्लेख गरे

र नेपाल सानो देश नभएको र आफुले त्यस्तो सोच्नु नहुने भन्दै नेपालको उत्तरमा चिन र दक्षिणमा भारत भएकोले त्यत्रो जनसंख्या भएको मुलुक बाट पर्यटक भित्र्याउने कोसिस गरे मात्र ठुलो आर्थिक फड्को हान्ने दाबी गरे

चिनमा बौद्ध धर्म तथा भारतमा हिन्दु धर्मका प्रसस्त अनुयायी भएकोले पशुपतिनाथ तथा बुद्ध जन्म स्थान लुम्बिनीबाट नेपालले ठुलो आर्थिक आय हुने बताए

उक्त भेटघाट कार्यक्रममा बिदेशमा बसेका नेपालीहरु एनआरएनहरुलाई नेपालमै आर्थिक उन्नती गर्न सकिने प्रसस्त अवसरहरु भएको चर्चा गर्दै नेपालमै बढि कमाई गर्न सकिने प्रशस्त उपायहरु भएको गणतान्त्रिक सरकारको नयाँ नयाँ आर्थिक तथा बाणिज्य नितीहरु बारे प्रकाश पारेका थिए

कार्यक्रममा सहभागीहरुले कारोबार दैनिकका सम्पादक संजय न्यौपाने संग जिज्ञाशा राखेका थिए  

अमेरिकाको सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोशाईटीका अध्यक्ष डा. ठाकुर पुडासैनी, एसोसिएसन अफ नेप्लिज ईन अमेरिका (एएनए) का पूर्व महासचिब बिजय थापा र ,एएनएस का पूर्व अधक्ष्य खेम भट्टचन तथा अन्तर राष्ट्रिय  नेपाली साहित्य समाज डि.सी शाखाका अध्यक्ष प्रकाश नेपालले सम्पादक न्यौपानेलाई सम्मान स्वरुप खादा ओडाएर स्वागत गरेका थिए ।

छोटो समयको अवधिमा अमेरिका नेपाल सोशाईटी (एएनएस) का पूर्व अध्यक्ष खेम भट्टचनको संयोजनमा उक्त गोलमेच भेटघाट कार्यक्रम गरिएको हो l कार्यक्रम पश्च्यात सम्पादक न्यौपाने नेपाल प्रस्थान गरि सकेका छन्

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com