गाउँ मदिरा निषेधित, खाए ५ सय,वेचे २५ सय रुपैया जरिवाना I

चितवन, कार्तिक २,

शिशिर सिंखडा : गते पूर्वी चितवनको शक्तिखोर–४ गैरीवारी गाउँलाई मदिरा निषेधित गाँउ घोषणा गरिएको छ । चारैतिरवाट जंगलले घेरिएको सो गाँउमा २ सय ८६ घरधुरी रहेकोे छ ।

अधिकाँस गुरुब र चेपाब जातीको बसोवास र हेको सो गाउँमा २०७० साल पुस २९ गतेको गाउँ भेलाले मदिरा निषेधित क्षेत्र घोषणा गरिएको स्थानीय चक्रदेवी निमाविका प्र धानाध्यापक इश्वर गुरुबले बताए । पहिले त दिउसै मदिरा सेवन गरेका व्यक्तिहरु हिड्दा वालवालिका र महिलामा नकारात्मक असर पर्ने गरेको मा अहिले ठुक्क भएको छ ।

विद्यार्थीहरु पनि आनन्द मनले विद्यालय आउजाउ गर्ने गरेको उनले बताए । स्थानीय वासीको वडा भेलाले नव विहानी टोल सुधार समिति गठन गरि मदिरा निषेधित क्षेत्र घोषणा गरे पछि गाउँमा मदिरा सेवन,विक्री वितरण र उत्पादन कार्य रोकिएको हो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com