नेपाली जनप्रगतिशी​ल मंच युएई द्वारा बाढी पहिरो पिडितलाई आर्थिक रकम हस्तान्तरण I

कार्तिक ३ दुबई,

निमकान्त पाण्डे : गत साउन अन्तिम सातामा आएको बाढी पहिरोमा सबै भन्दा बढि क्षति पुर्याएको सुर्खेतका बाढी-पहिरो पिडितका लागि नेपाली जनप्रगतिशील मञ्च युएई ले पचास हजार रुपैंया राहत रकम पूर्व सभासद एवं एनेकपा माओवादी सुर्खेतका अध्यक्ष नरबहादुर विष्ट लाई हस्तान्तरण गरेको छ।

बाढी-पिडितका लागि राहत रकम हस्तान्तरण गर्दै मञ्चका अध्यक्ष हेमन्त पौडेल तथा राहत संकलन समितिका संयोजक उत्तम अधिकारी ले प्रबासमा रहेको यस मंचले पनि देशमा आईपर्ने आपत बिपतमा सहयोग गर्ने गरेको साथै नेपालीहरुको मन दु:खेको बेला यसरी राहत संकलन गरि तिहारको पूर्व सन्ध्यामा थोरै भएपनि पीडितहरुलाई राहत सहयोग गर्न खोजेको बताए।

बिदेशमा क्रियासिल नेपाली जनप्रगतिशील मंच ले देश भित्र होस या बिदेशमा नेपालीहरुका माझ सहयोग-सदभाबका साथै बिभिन्न किसिमका कार्यक्रमहरु गर्दै आईरहेको छ। 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com