दुखेसोका रापले दिएको यति धेरै असरल्ल छर्राहरु छन् कि सुरु नै कुन शब्द
बाट गरूँ भो । शब्द युद्ध पश्चात प्रसंग हाम्रो घर आँगनमा भित्रिएको शुभ
तिहार . . . ।
हाम्रो दोस्रो महान पर्व शुभ तिहार यतिखेर स्वदेशमा
मात्रै होइन विभिन्न बाध्यतावस बिदेशिएका नेपालीहरुमा पनि आफ़्सेआप यस
पर्वले उमंग छाएकोछ, तिहार पर्वले हाम्रो संस्कृतिक पाटोलाई पनि उत्तिकै
समेटेकोछ, जुन परापुर्वकाल देखि चलिआएको छ ।
पत्रपत्रिकापढौं
, टेलिभिजन हेरुँ, विभिन्न रेडियो, एफएम सुनुँ वा सामाजिक संजाल ट्वीटर ,
फेसबुक पल्टाउँ जताततै चर्चा उहीं तिहारकै छ , यो स्वाभावि हो तर, यो
हर्शौल्लाश माहोलमा नमिठो आक्रोश पनि थपिएको थियो कारण हो तिहारम| देउसी
भैलो साँझ सात बजे बाट खेल्न नपाउने नेपाल सरकार गृह मन्त्रालय बाट
जारि
प्रेस बिज्ञप्तिको । त्यसको चौतर्फी बिरोध भएपछी पुनः कार्तिक ३ गत्ते
अर्को प्रेस विज्ञप्ति जारि गर्यो गृह मन्त्रालयले उक्त विज्ञप्तिमा ९ बजे
सम्म देउस/भैलो खेल्न पाइने उल्लेख छ । र आम जनतालाई चित्त नबुझेको अझैं
अर्को बिधुतप्राधिकरणको चेतावनी बिजुली बत्ति धेरै प्रयोग गरे बन्द नै
गरिदिने । वाह, नेपाल सरकार , वाह, जनप्रिय अधिनायकहरु भन्न मन लाग्यो ।
बर्षमा एक पटक आउने चाड पर्वमा पनि यस्तो पावन्दी ? यस्तो चेतावनी ? आदेश
अबज्ञ भए अझ कारवाहीको चेतावनी , यो कस्तो खुशी हो ! बरु तिहारै मान्नु
पर्दैन भनि बहिस्कार गरे भैहाल्थ्यो नि । पद र पावरमाहुनेले जे गरे पनि
हुन्छ ? जे पनि बोले हुन्छ , नेपालमा ? जनता/सर्वसाधारणको के कुनै औचित्य
नरहेकै हो अब ? के अब नेपाली जनताले बर्षमा एक दिन पनि खुशी हुन नपाउने ?
अब कुनै दिन यस्तो नआउला भन्न सकिन्नकि सौचालय जान पनि अनुमति लिनु पर्ने,
लज्जास्पद दुरावस्था ।
यसरिबर्षमा एक पटक आउने राष्ट्रिय पर्वमा
अझ सर्वसाधारण जनताका लागि के कसरि हुन्छ सुपद मुल्यमा खाध्य,आधारभूत
आबस्यक्ता देखि पर्वका लागि आबस्यक हरेक चिजको सौलियत दिनु पर्ने ठाउँमा
यसरि उनीहरुको खुशीलाई साँगुरो मात्रैपारिएको छैन निरंकुशताको अंकुश नै
लगाउने कार्य किन गरिदैछ , त्यो पनि आदेश स्वरुप । सित्तैमा मागे जस्तरी
किन एस्तो ब्यबहार गरिदैछ ? बरु हिजो निरंग्कुश अबस्थामा पनि यति
निस्सासिँदो स्वतन्त्रता त कमसेकम थिएन
।
बढी बिजुली बत्ति
बाल्नेहरुको घरमा बिजुली बत्ति काटिन्छ यस्तो नमिठो चेतावनी भन्दा अपर्यप्त
बिजुली उत्पादनका कारण दिपावलीको बेला यातिदेखी यति घण्टा सम्म मात्रै
बिजुली बत्ति दिन सकिनेछ भनि राम्रै तरिकाले सुचना प्रवाह गरेको भए पनि के
नै पो जान्थियो र ?
हुन त अब हामी (नेपाली जनता) लाइ देश
अभिनायकहरुले हरेक कुरोमा पोख्त,परिपक्क बनाइसकेका छन् । अशान्ति, अबन्नती,
अत्याचार, बेथिति, वैमनस्यता, अभाव, महंगी यस्ता कत्ति-कत्ति दुराबस्थाहरु
सँग अभ्यस्त भैसकेका छौं । यसैले डर लागेको छैन कत्ति पनि बिजुली बत्ति
काट्ने सन्दर्भमा । दुख त देउसी भैलो खेल्न महिनौ अघि देखि प्रतिक्षारत
कलिला रहरका मुनाहरु निमोठिदा लागेको छ। देउसी भैली खेल्नका लागि निश्चित
समय तोक्नु नराम्रो होइन तर यो कडा आदेशले यस खुशीको माहोलमा गुलियो
चकलेटमा अमिलो कागतीको रस निचोरेर दिए झैँ भान भैराछ ।
राष्ट्रको
नोकर हुँ भन्दै, राष्ट्रकै नाममा रजाइ गर्नेहरुलाई के थाहा, स्वार्थ
पूर्तिका लागि स्वार्थीहरु चिप्लो कुकुरी काँ गर्दै ठुलाबडाका खुट्टामोल्न
पुग्नेलाई के थाहा दिनभर पसिना बगाई साँझ चिसो चुल्होमा भिजेका अगुल्टोले
पाकेका खुशी कस्तो हुन्छ !?! यसरि बटुलेको खुशी पनि स्वतन्त्रपूर्वक
निर्धक्क भएर ढुक्क सँग मनाउन नपाइने यो कस्तो तन्त्र हो ?
आदेशको अबज्ञ भएमा अझ कारवाही हुने चेतावनी . . . . . . . . . . . . . यस्तो लाग्दैछ नैसर्गिक स्वतन्त्रता/अधिकारहरु खुम्चिंदै छन् ।
सुनिता