" पंचक"

आज देखि दिपावली शुरु भएको दिन घरको दैलो दैलोमा दिपको प्रज्वल गरि संकटलाई घर भित्र पस्न नदिन लक्ष्मीको आरधना गर्ने गर्दछन जसलाई (पंचक )पनि भन्ने गरिन्छ ,विवाहित दिदीबहिनीले दाजुभाइलाई निम्ता दिई आफ्नो घरमा टिका लगाउन बोलाउने गर्दछन भने घरमै भएका अविवाहितले दाजुभाइलाई रक्षाको रुपमा पान सुपाडी,मिठाई हालेर खान दिदै भाइ टिकाको दिन उनीहरुलाई पुज्ने निम्ताको रुपमा दिने चलन आज पनि जीवित नै रहेकोछ भने पंचक लागेको पहिलो दिन कागको सम्मान गरि चुलोमा पाकेको खानेकुरा पितृ प्रसादको रुपमा पहिला कांगलाई दिएर (पन्छाएर ) दुध भात खाउँ ,मिठो सन्देश ल्याउ भन्दै मात्र अरुले खाने गर्दछन ।

जसरी विजयादशमीको नवरात्री नौ दिन सम्म बिभिन्न शक्तिस्वरुपा देवीको आराधना गरि मनाईन्छ, त्यस्तै गरि पंचक लाग्दा पहिलो दिन कागको सम्मान दोस्रो दिन कुकुरको सम्मान ,तेस्रो दिन गैको सम्मान चौथो दिन गोबर्धन पुजा अर्थात् गोरुको सम्मान गर्दै पाचौ दिन दाजुभाइको निधारमा टिका लगाउदै गलामा रक्षाको माला लगाई बिभिन्न तरिकाले पुजा,आरधना गरि घरदैलो दीपले प्रज्वलन गरि कुना काप्चा सबै तिर प्रकाश पुँज बनाई मनाउने प्रचलन छ,त्यस्तै यो चार्डले मानब र प्रकृति बीचको सौन्दर्यतालाई आत्मसात गरि दाजुभाई प्रतिको अटुट बन्धन भित्र एक अर्का प्रति सम्मान ,सु-स्वास्थ,दिर्घायुको कामना गर्दै शुभकामना दिने तिहार पर्वको मूल मर्म हो | दिपको प्रज्वलन गर्दा घरको भित्र शान्ति पूर्ण रौनकता देखिनुका साथै मन भित्र शान्ति र आनन्दको बर्षा हुने भएकोले तिहार यानी यम पञ्चक को पहिलो दिनलाई काग खान डाक्दै भाई तिहारको शुरुवात हुन्छ ।

पर पुर्ब काल देखि भन्दै आएको सुनेका छौ " क्वाँ क्वाँ गर्ने कालो ठुलो ज्याँन भएको विहानै घरको वरपर आई कराउने कालको दूत हो अरे त्यस्तो कागको श्वोरले दुख र शंकटको संकेत दिन्छ भने काहाँ काहाँ भनेर कराउने राम्रो संकेत दिने कागको आवाजले शुभ समाचार दिन्छ भन्ने बुडा पाखाको अहिले पनि भनाइ रहेको पाइन्छ ।
त्यस्तै कागलाई सन्देश बाहकको रुपमा लिदै आएको पाइन्छ ,/ भनिन्छ परापुर्व कालमा धर्म ग्रन्थमा आधारित यमराजकी बहिनीको लागि संदेशबाहकको काम कागले गरेको हुनाले पनि कागको पुजा गरि पंचकको शुरुवात भएको मानिन्छ ।

हुन् पनि हो के गाउ के शहर, जताततै बत्तीको प्रज्वलन उज्यालोले स्वर्गको आभास गराउने भएकोले बिषेश गरी यो चार्डमा धनकी देवी लक्ष्मी को पूजा आजा धुमधामले गर्ने गरिन्छ । त्यस्तै यमराजलाई यो पाचँ दिन सम्म बिभिन्न रुपमा पुजा गरिने हुनाले पनि यमपञ्चक भन्ने गरिएको हो ।हाम्रो बाबु बजेको पाला देखि नै हामीले सुन्दै आएको छौ कि यो चाडलाई सुख अनि समृद्धीको रुपमा मान्ने गरिएको छ ।

त्यस्तै धर्म ग्रन्थमा उल्लेख भएका छन् परापूर्व कालमा दानव र देवता बिच समुन्द्र मन्थन गर्दा निस्केको अमुल्य अमृत (जस्ले पिउछ उ अमर हुन्छ भन्ने भगवानको वाणीले त्यो मन्थन गर्दा अमृतको घड़ा दानबको हातमा पर्न गयो र अब अनर्थ हुने भो भनि देवताको हाथमा पार्न श्री विष्णुले अप्सरा भइ दानबहरुलाई नित्यमा अल्मलाउदै उनीहरुको हातबाट अमृतको धड़ा लिएर देवताहरुलाई दिनु भएको र त्यस्तो छल थाहा पाए पछी त्यो अमृतको घड़ा खोसाखोस हुदाँ अमृत छचल्किए पृथिवीमा पोखिन गयो त्यही अबस्थामा प्यासिएको कागले पिएको हुँदा उ आफ्नो कालले मर्दैन अर्थात् अमर छ भनिन्छ र कागले काललाई आएको सजिलै देख्ने हुँदा पनि कालको संबाहक रुपमा हामीले मान्दै आईरहेका छौ ।

एउटा कथाको टुक्रा यहाँहरु माझ ,
यही पंचक लागेको समय एक देशमा राजाका एक मात्र छोरा थिए र राजकाज चलाउदै आएका राजाको दरवारमा कालको सन्देश दिदै नमिठो गरि बिहानै कालो कागले क्वाँ क्वाँ गर्दै कराई रहेको देखेर त्यहाँ काम गर्ने गेटको पालेले ढुंगा हानेर त धपायो तर राजकुमारको जीवन अन्तिम घड़ा मा छ भन्ने कुरा बुझेन्न ,राजकुमार सिकार गर्ने मनले बिहानै उठी सिकार खेल्न वन जादै गर्दा ऋषिको आश्रम बाटैमा परेकोले त्यहाँ पसे र ऋषि दर्शन गरि शिकारमा जान निस्किने समय उनलाई हेरी रहनु भएको एक ऋषिले भन्नु भयो सरकार अहिले शिकारमा नजानुहोश ...आश्चर्य मान्दै राजकुमारले भने किन र ? ऋषिले भने सरकार हजुरको अघि पछी सर्प काल बनेर हिडी रहेको छ आज सर्पले डसेर नै हजुरको मृत्यु हुने योग छ आज रातभरिमा हजुरको मानब भोग सकिने अन्तिम क्षण हो त्यस्तो कुरा सुनेर राजकुमार आश्चर्य मान्दै आफ्नो जीवनको अन्तीम समय गन्दै सिकार नगरी राजदरवारमा फर्के र ज्योतिषिहरुले राजकुमारको मृत्यु साधारण नभै कुनै सर्पको टोकाई बाट हुने भविश्यवाणी गरेका भएको हुदाँ राजकुमारलाई यो मृत्यु स्विकार्य भएन र ज्योतिषीलाई यस्तो अस्वभावीक मृत्यु बाट बाच्ने उपाय सोधे ।

ऋषिले पनि ध्यान दृष्टि लगाई भने आज लक्ष्मी पुजाको दिन सबै तिर भित्र ,बाहिर ,कुना ,काप्चा सबैतिर सफा सुग्घर गरेर चारैतिर दिपको प्रज्वलन गरि आफ्नो सयन कक्षको दैलो तथा बेडको वरिपरी पनि तेलको दियो वाल्नु र लक्ष्मी पूजाको दियो रातभरी बालेर लक्ष्मीको आरधना गर्नु र उनैलाई पुकारी राख्नु भए त्यो संकट वाट हजुरको मृत्यु टार्न सक्ने सम्भावना बताए ।

ऋषिको अनुसार राजकुमारले चारैतिर दियो बाल्न लगाई आफुले माता लक्ष्मी आरधना गरि बसे त्यसरी दियोको प्रज्वलनले गर्दा नाग भित्र पस्न नसकी माता लक्ष्मी सँग परामर्श गरी लक्ष्मीले वचन बाध्न भनिन् र राजकुमारलाई अभय दान दिन बाध्य गराईन । नागले माता लक्ष्मीको आज्ञा सिरोपर गरि फर्कियो त्यसरी नाग एक्लै एमलोक फर्किएको देखेर यमराजले नागलाई सोधे हैन खोइ त राजालाई किन नलिई आएको त्यस्तो कुरा यमराजको सुनेर नागले भने राजकुमारको समय नै नपुगी कसरी ल्याउनु? म त् लिन गएकै थिए नि तर उनको समय धेरै बाकि रैछ ,यस्ता कुरा सुनेर यमराजले आफ्नो बहीखाता खोलेर हेर्दा राजकुमारको आयु त अझै ५० बर्ष बाँकी देखेछन,त्यसरी मृत्यु को शुन्य भएको अगाडी गएर नागले पाच अंक बनि दिएर यमराजको पनि आखाँ छली दिनाले राजकुमारको संकट टालिएको हुदाँ त्यहाँ उप्रान्त पंचक देखि नै घर दैलोमा जताततै दियो बालेर लक्ष्मी माताको पूजा गर्ने चलन चल्यो भन्ने धेरै किम्द्न्ति हरु पढन पाइन्छ ।

स्वदेश तथा बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लागायत आफन्तमा लक्ष्मी पुजा तथा भाइ तिहारको उपलक्ष्यमा सुख, शान्ती, समृद्धी एवम उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु ।
निशा खनाल अर्याल 
इज़रायल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com