तिहारका लागि २ लाखको फूल आयात I

ललितपुर, ४ कात्तिक ,

यस वर्ष तिहारका लागि भारतबाट करिब दर्ुइ लाख सयपत्री फूलको माला आयात गरिएको छ । देशमै फूल व्यवसाय राम्रो हुँदाहुँदै पनि यस वर्षतिहार छिटो परेकाले फूल फुल्न ढिला हुँदा भारतबाट फूल आयात गरिएको हो ।

नेपालीको दोस्रो ठूलो चाड तिहार यस वर्षआजबाट सुरु भएको छ । यस वर्षा लागि पनि छिमेकी मुलुक भारतबाट रु एक करोडबराबरको दर्ुइ लाख सयपत्री फूलको माला तिहारका लागि ल्याइसकेको फ्लोरीकल्चर एसोसिएसन नेपालका अध्यक्ष लोकनाथ गैरेले बताउनुभयो । प्रतिमाला रु ५० देखि ६० सम्म पर्ने गैरेले बताउनुभयो ।

उहाँका अनुसार नेपालमा खपत हुने फूलमध्ये ८० प्रतिशत स्वदेशमा नै उत्पादन हुन्छ भने बाँकी २० प्रतिशत फूल भारतबाट ल्याइने गरिएको छ । पुष्प व्यवसायीले नेपालमा फूलको बजार राम्रो रहेको भने पनि अझै पनि स्वदेशमा नै निर्भर रहने अवस्था भने रहेको देखिँदैन । तिहारका लागि विशेष रुपमा लक्ष्मी पूजाको दिनबाट फूलको व्यापार सुरु हुने गर्दछ । तिहारमा देशभरि गरी १० लाख माला खपत हुने गरेको भए पनि सबैभन्दा बढी काठमाडौँ उपत्यकामा करिब छ लाख फूलको माला खपत हुने गर्दछ ।

गैरेका अनुसार हाल नेपालमा फूलको बजार र भविष्य राम्रो रहेको छ । बजार राम्रो रहेको भए पनि पर्ूण्ा रुपमा नेपालकै उत्पादनमा रमाउने अवस्था भने अझै बनिसकेको छैन । विश्व पुष्प बजारको तुलनामा नेपालको पुष्प बजार निकै पछाडि रहेको छ । आयातलाई पर्ूण्ा रुपमा निर्मूल पार्नका लागि पुष्प व्यवसायीले प्रयोगकर्तालाई फूलप्रति आकर्षा बढाउने र गुणात्मक फूलको उत्पादनमा विशेष जोड दिन अत्यन्तै आवश्यक रहेको छ ।

सयपत्री, गुलाफ, एजेलियालगायतका फूल मौसमअनुसार भारतबाट ल्याइने गरेको भए पनि मखमली फूल भने नेपालका लागि पुग्ने स्वदेशमा नै उत्पादन हुने गरेको एसोसिएसनका उपाध्यक्ष कुमार कसजू श्रेष्ठले बताउनुभयो । करिब १५ वर्षेखि धुम्बाराहीमा फूल व्यवसाय गर्दै आउनुभएका सुनिल लामा फूल व्यवसायबाट वाषिर्क रु २५ लाखसम्म आम्दानी गर्नुहुन्छ । सानो कामलाई पनि लगनशील भएर गर्ने हो भने नेपालमा नै राम्रो आम्दानी गर्न सकिने अनुभव उहाँले सुनाउनुभयो ।

हाल उहाँको नर्सरीमा एक सयभन्दा बढी प्रजातिका फूल रहेका छन् । आफ्नो फूल व्यवसायले परिवार पाल्नुका साथै छोराछारीलाई राम्रोसँग उच्च शिक्षासमेत दिइरहनुभएको छ । नेपालमा बढी मात्रामा प्रयोग हुने फूलहरू रातो गुलाफ, सयपत्री र गोदावरी फूलको उत्पादनमा विशेष जोड दिनर्ुपर्छ । हरेक दिन नेपालमा फूल व्यवसायहरू थपिँदै गएका छन् । नेपालमा पहिलोपटक नर्सरीको माध्यमबाट २०११ सालबाट फूल लगाउन सुरु गरिएको भए पनि आशाअनुरुप अझै फड्को मार्न सकेको छैन ।

हाल नेपालमा सात हजारभन्दा बढी फूल फुल्ने वनस्पति पाइने भए पनि करिब ६०० प्रकारका पुष्प वनस्पतिमात्र व्यावसायिक रुपमा प्रयोग हुँदै आएको एसोसिएसनले जनाएको छ । अहिले नेपालमा वाषिर्क रु एक अर्बको फूलको आर्थिक कारोबार हुने गरेको छ । हाल नेपालका ३८ जिल्लामा ६५० भन्दा बढी फूल व्यवसाय गर्ने किसान रहेका छन् भने १३७ हेक्टर जमिनमा फूलखेती गरिँदै आएको छ । खेती गर्ने जमिनमध्ये चितवन, धनुषा, मकवानपुर, नुवाकोट, धादिङ र काठमाडौँ उपत्यकाको तीनवटै जिल्लामा अहिले फूलखेती राम्रो रुपमा हुने गरेको छ । स्वदेशमा फूलखेती राम्रो हुँदै जाँदा रोजगारीसमेत उपलब्ध भएको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com