'' मेरी दिदी '' By, श्रीभक्त पौडेल


'' मेरी दिदी ''

सयपत्रीको माला नउन्नु है मेरी दिदी  
कान छोप्ने टोपी नबुन्नु है मेरी दिदी!
यो हिउन्द तिहारमा भयो भाई परदेश
दुबोतेल्ले ढोकाछेउ नथुन्नु है मेरी दिदी!!

देउसी भैलो खेल्ने आए मुठी दान दिनु  
चाड भरी रेडियो´नी नसुन्नु है मेरी दिदी!
परारै तिहारका भाईटिकाका तिनै तस्बिर 
वल्टाइ पल्टाइ हेरि नरुनु है मेरी दिदी!!

ओखर फोड्नुस् सम्झनामा मेरा बाधा हटुन्
यो बर्ष´नी ढाट्यो भाईले नभन्नु है मेरी दिदी!
भाईमसला, ढाकाटोपी कोही पाए पठाइ दिनु 
बिर्सिन्छ कि यो भाईले नठान्नु है मेरी दिदी!! 

श्रीभक्त पौडेल 
चितवन रामपुर 
हाल - परदेश

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com