काठमाडौं, आश्विन २८ ,
जनकवि केशरी धर्मराज थापाको निधन भएको छ । ९२ वर्षिय थापाको स्वयम्भूस्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । पोखराको बाटुलेचौरमा विक्रम सम्वत १९८१ साल साउनमा उनको जन्म भएको थियो ।
थापाले प्रजातन्त्रको मिर्मिरे (२००७) मा काफल पाक्यो बरी लै, हरियोडाँडा माथि हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, आज मादल बजेको किन हो , गाउँबेसी दुनियाँ बिउँझाउन, धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौंला, घर सम्झी रोएको होला, डाँडाकाटी गएको नेपाली, जस्ता गीत गाउँदै कुनाकन्दरामा पुगेर नेपालीलाई झकझकाएका थिए ।
२०१३ सालमा राजा महेन्द्रबाट जनकवि केसरीको उपाधि पाएका थापा आम रुपमा जनगायकका रुपमा चिनिन्छन् ।
२००८ सालमा कर्मचारीलाई उक्साएर हड्ताल गरेबापत गोर्खापत्रको मुखियाबाट खोसुवामा परेका थापा डाक्टर केआइ सिंहको बिद्रोहमा समर्थन गरेकोमा ३० दिन जेलपरेपछि त्यसपछिको एक वर्ष भारतका देहरादुन, भाक्सु, आसाम, दार्जिलिङ, सिक्किम लगायतका ठाउँमा लोक भाका गुञ्जाएका थिए ।
त्यही बेला नेपालीले माया मा¥यो बरी लै, झमझम परेली, हाम्रो तेन्जीङ शेर्पाले, धुरुधुरु नरोऊ आमा, लगायतका गीतहरु कलकत्ताको एचएमभी कम्पनीमा रेकर्ड गराएका थिए । मदन पुरष्कार गुठीले २०२५ सालको साहित्यतर्फको मदन पुरस्कार धर्मराज थापाको ‘मालती मङ्गले’ काव्यलाइ प्रदान गरेको थियो ।
त्यस्तै २०५७ सालमा गुठीले जगदम्बा श्री पुरष्कार जनकवि केसरी थापालाई प्रदान गरेको थियो । थापाका १ सय भन्दा बढि गीत रेकर्ड भएका छन् भने थापाका गीत, कविता, लेख, साहित्य, संस्कृति, यात्रा संस्मरण लगायत २९ वटा कृति प्रकाशित छन् ।इमेज खबरबाट :