इबोलाबाट ४ हजार भन्दा बढीको मृत्यु, अझैं नियन्त्रणमा आउन सकेन I

आश्विन २८,

 इबोला भाइरसबाट ४ हजार भन्दा बढीको मृत्यु भएको विश्व श्वास्थ्य संगठनले जनाएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी लाइबेरियाका नागरिक रहेको संगठनले जनाएको छ ।

लाइबेरियामा इबोलाबाट मृत्यु हुने संख्या २ हजार ३ सयभन्दा बढी पुगेको छ । यसैगरी सियरालियोनमा ९ सय ३० र गिनीमा ७ सय ७८ जनाको मृत्यु भएको छ । नाइजेरियामा ८ र अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ । इबोला नियन्त्रण बाहिर गइसकेको छ ।

यो भाइरस युरोपको स्पेन र अष्ट्रेलियामा पनि देखिएको छ । हालसम्म इबोला भाइसरबाट ८ हजार ३ सय ९९ संक्रमित छन् जसमा धेरै पश्चिम अफ्रिकाका नागरिक रहेका छन् । संगठनले पश्चिम अफ्रिकामा २३३ भन्दा बढी स्वास्थ्यकर्मीेको मृत्यु भएको जनाएको छ । एजेन्सि:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com