म्याग्दी, ११ कात्तिक ,
अरिङ्गलले चिलेर बाबुआमाको ज्यान गएपछि बेनी नगरपालिका-९ काउलेगौंडाका चार दिदीबहिनी विचल्लीमा परेका छन् । यही कात्तिक १ गते घर नजिकैको जङ्गलमा दाउरा काट्ने क्रममा अरिङ्गलले चिल्दा ५५ वषर्ीय दल पुरी, उनकी पत्नी ४५ वषर्ीया शिव पुरी र १२ वषर्ीय छोरा आशिष पुरीको ज्यान गएको थियो ।
बाबुआमा र भाइको एकैपटक मृत्यु भएपछि १६ वषर्ीया जेनिसा, १४ वषर्ीया तारा, १० वषर्ीया लीला र सात वषर्ीया पिपला पुरी विचल्लीमा परेका हुन् । उनीहरुलाई अहिले किरिया खर्चको समेत अभाव भएको छ । घरका अभिभावक नभएपछि छोरीहरु साहराविहीन हुनुका साथै तत्काल खान र लगाउनसमेत समस्या भइरहेको स्थानीय काउलेगौंडा युवा क्बलका संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।
बाबुआमा र भाइ गुमाउनुको पीडाले उनीहरु बोल्नसमेत नसक्ने अवस्थामा रहेका बानियाँले बताउनुभयो । जेनिसा राष्ट्रिय मावि नेप्टेचौरमा कक्षा ७ मा अध्ययन गर्छिन् भने उनकी बहिनीहरु स्थानीय नरबुद्धि सल्लेरी प्राविमा क्रमशः ५, ३ र १ कक्षामा अध्ययन गर्छन् । बस्ने सामान्य झुपडीबाहेक अरु केही नभएका उनीहरुलाई खानपिनदेखि पढाइको समस्या भइरहेको छ ।
घरमा किरिया खर्चसमेत नभएपछि काउलेगौंडा युवा क्लबले सदरमुकाम बेनीबजारको विभिन्न क्षेत्र, गलेश्वर र तोरीपानीमा आर्थिक सङ्कलन अभियान चलाइरहेको छ । अहिलेसम्म रु एक लाख ५० हजार सङ्कलन भएको र थप सहयोग जुटाएर उनीहरुलाई हस्तान्तरण गर्ने क्लबले जनाएको छ । क्लबले सक्दो आर्थिक सहयोग गर्न सबैलाई आग्रहसमेत गरेको छ । रासस: